• २४ भदौ २०८३, बुधबार
  • २ः४४ दिउँसो

नेपाली कांग्रेसका उम्मेदवार भँडेलका आमालाई श्रद्धाञ्जलि दिन सभापति देउवा आर्यघाटमा

प्रकाशित मिति

२०७६ मंसिर १ गते, आईतवार ०५:३१

काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुर क्षेत्र नम्बर १ ‘क’का पार्टीका उम्मेदवार कृष्णलाल भडेलका आमा सेतीमाया भडेललाई अन्तिम श्रद्धाञ्जलि दिनुभएको छ । आइतबार बिहान काठमाडौंको पशुपति आर्यघाटमा पुगेर सभापति देउवाले सेतीमाया भडेललाई अन्तिम श्रद्धाञ्जलि दिनुभयो । सेतीमाया भँडेलको पशुपति आर्यघाटमा अन्तिम दाहासंस्कार गरिएको छ ।

National Life

सेतीमायालाई श्रद्धाञ्जलि दिन नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महत, युवा नेता गगन थापा, भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापालगायतका नेताहरू पशुपति आर्यघाट पुग्नु भएको थियो । सभापति देउवाले कृष्णलाल भडेललाई मातृ शोक परेकोमा सहानुभूति दिँदै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू दुःखी भएको बताउनुभयो ।

कृष्णलाल भडेलका आमा सेतीमाया भडेलको आइतबार बिहान मध्यपुर ठिमी अस्पतालमा उपचारका क्रममा ८६ वर्षको उमेरमा निधन भएको थियो । यसैबीच, नेपाली कांग्रेसले शोक सन्देश जारी गरेर कृष्णलाल भडेललाई मातृक शोक परेकोमा दुःख व्यक्त गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आगामी मंसिर १४ गते सम्पन्न हुन गैरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट भक्तपुर जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं। १ का प्रदेश सभा सदस्य पदका उम्मेदवार कृष्णलाल भडेलकी माता ८६ वर्षीया सेतीमाया भडेलको आज बिहान ५ बजे मध्यपुर अस्पतालमा उपचारका क्रममा निधन भयो’, नेपाली कांग्रेसले भनेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८६ वर्षीया सेतीमाया भडेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ’, शोक सन्देशमा भनिएको छ, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्नुभएको छ ।’ ‘‘नेपाली कांग्रेस पार्टी र उहाँको व्यक्तिगत तर्फबाट शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ’, शोक वक्तव्यमा भनिएको छ ।

प्रतिकृया