• २० भदौ २०८३, शनिबार
  • ४ः१२ बेलुका

नक्कली सुनसहित दुई जना पक्राउ

प्रकाशित मिति

२०७६ कार्तिक २९ गते, शुक्रबार ०१:०३

हेटौंडा , हेटौंडाबाट नक्कली सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरबाट खटी गएको प्रहरी टोलीले त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा उपमहानगरपलिका १ चौकिटोलमा भैँसेबाट हेटौंडातर्फ आउँदै गरेको बा ९३ प ९०६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा शेर्पाको साथबाट १ किलो फाइन गोल्ड ९९९.९ सिओ २२६६६५० लेखिएको सुन जस्तो देखिने पहेलो रङ्गको चारपाटे आकारको नक्कली सुन, मोटरसाइकल सहित दोलखाको जिरी नगरपालिका.३ का ४७ वर्षीय ध्याल सिंह शेर्पा र मकवानपुरको राक्सिराङ् गाउँपालिका.४ का अभय कुमार थिङलाई प्रहरीले पक्राऊ गरेको हो ।

National Life

पक्राउ परेका दुवै जनालाई ठगी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया