• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

संघिय समाजवादी पार्टी बैठक बस्दै

प्रकाशित मिति

२०७६ कार्तिक २८ गते, बिहीबार ११:२४

काठमाडौँ, सत्ता साझेदार दल समाजवादी पार्टीले सरकारमै रहने वा बाहिरिने भन्नेबारे आन्तरिक रुपमा औपचारिक छलफलको निम्ती बिहीबार राजधानीमा बस्ने पार्टीको संघीय परिषद बैठक बस्दैछ ।

संघीय परिषद बैठक लगत्तै पार्टीको केन्द्रीय समिति बैठकसमेत बस्दैछ । शुक्रबार र शनिबार बस्ने केन्द्रीय समितिको बैठकले संघीय परिषद बैठकको निर्णयलाई अनुमोदन गर्नेछ । बैठकमा राष्ट्रिय जनता पार्टी राजपा नेपालसँग पार्टी एकता गर्ने या नगर्ने भन्नेबारे समेत छलफल हुने जनाइएको छ ।

Kamana Sewa

प्रतिकृया