• २७ भदौ २०८३, शनिबार
  • ४ः१३ बिहान

टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना घाइते

प्रकाशित मिति

२०७६ कार्तिक २७ गते, बुधबार ०१:२५

भक्तपुर, भक्तपुरको सुर्यविनायक नगरपालिका–९ बाँसघारी नजिकै बुधबार टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका छन् । घाइते हुनेमा काभ्रे घर भई हाल भक्तपुरको जगातीमा बस्दै आएका २३ वर्षीय सुमन तिमिल्सिना रहेका छन् ।

National Life

प्रदेश ३ ०१ ००३ क ४९३५ नम्बरको टिपर र बा ८७ प ३४७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा तिमिल्सिना घाइते भएका हुन् । उनलाई उपचारको लागि सल्लाघारी स्थित डा. इवामुरा मेमोरियल अस्पताल पठाइएको छ । दुर्घटनामा संलग्न दुवै सवारी साधन र टिपर चालकलाई महानगरीय प्रहरी वृत जगातीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया