• ४ साउन २०८३, सोमबार
  • ७:०५ बेलुका

जापानमा महिला कामदारलाई चश्मा लागाउन प्रतिबन्ध

प्रकाशित मिति

२०७६ कार्तिक २४ गते, आईतवार ०१:५४

एजेन्सी, जापानका केहि कम्पनीहरुले आफ्ना महिला कामदारहरुलाई चश्मा नलागाउन निर्देशन दिएपछि काममा चश्मा लगाउनु निकै विवादस्पद विषय बनेको छ । जापानका केहि स्थानिय सञ्चार माध्ययमहरुले भिनिन्न कारण् देखाएर केही कम्पनीहले आफ्ना महिला कर्मचारीलाई चश्मा लगाउन प्रतिबन्ध लगाएको जनाइएको छ ।

केही खुद्रा पसलहका चश्मा लगाउने महिला कामदारहरुले यस नीतिप्रति उदासिनता व्यक्त गरेका छन् । कार्यलयमा महिलाहरुको पोशाक नियमलाई लिएर अहिले जापनका समाजिक सञ्जालमा चर्को बहश चलिरहेको छ । निप्पोन टेलिभिजन नटवर्क र बिजिनेस इन्साइडरले पनि चश्मामाथि बन्देज लगाउने पक्षमा उभिएका छन् । ती कम्पनीहले एयरलाइनको महिला कामदारहरुको सुरक्षा कारण अधि सारेका छन् भने सौन्दर्य क्षेत्रमा भने चश्माको कारण श्रृगार राम्ररी नदेखिने गरिएको बताइएको छ ।

Kamana Sewa

तर, ती तथाकथित प्रतिवन्धहरु कम्पनीका नीति नै हुन कि हैनन् भन्ने स्पष्ट भएको छैन । क्योटो युनिर्भ्सिटी अफ फरेन स्टडिजका समाजशास्त्रका प्राध्यापक कुमिको नेमोतोले भनेकी छन् ‘जापानी जनताले यस्ता पुरातन नीतिको विरोध गरिरहेका छन् ।

Classic Tech Desktop

महिलाहरुले किन चश्मा लगाउनु हुन्न भन्ने स्पष्ट कारण नै देखिदैन ।’ यो पूर्णतः विभेदकारी लैंगित विषय मात्रै हो परम्परागत जापानी रुढीवादी सोचको प्रतिबिम्ब मात्र भएको उनको भनाई रहेको छ ।

प्रतिकृया