• ४ साउन २०८३, सोमबार
  • ७:२२ बेलुका

आज गणेशमान सिंहको १०५ औं जन्म जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

प्रकाशित मिति

२०७६ कार्तिक २४ गते, आईतवार १२:१२

काठमाडौँ, नेपाली कांग्रेसका संस्थापक नेता एवम् लौह पुरुष गणेशमान सिंहको १०५ औँ जन्म जयन्तीको अवसरमा आइताबारविभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली कांग्रेस र भ्रातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । काठमाडौँको शोभा भगवतीमा रहेको सिंहको शालिकमा बिहान माल्यार्पण गरिएको छ ।

गणेशमान सिंह १ सय ५ औँ जन्म जयन्तीको अवसरमा दिउँसो १ बजे ज्ञानेश्वरमा स्मृति सभा गर्ने र साँझ ५ बजे नेपाल विद्यार्थी संघ काठमाडौँ जिल्ला समितिले रत्नपार्क शान्तिवाटिकामा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम छ ।

Kamana Sewa

प्रतिकृया