• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

उपप्रधानमन्त्री पोखरेल र सिमा क्षेत्रमा काम गरेका विशेषज्ञबीच छलफल

प्रकाशित मिति

२०७६ कार्तिक २३ गते, शनिबार १२:२५

काठमाडौँ, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सिमा क्षेत्रमा काम गरेका विशेषज्ञसङ्ग छलफल गर्नुभएको छ । शुक्रबार मन्त्री पोखरेलले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा २०१८ सालमा जनगणना गराउनु भएका वरिष्ठ व्यक्तित्व भैरव रिसाल (९२ वर्ष)को निजि निवास घट्टेकुलो पुगेर अन्तरङ्ग छलफल गर्नुभएको हो । रिसालले त्यतिबेला आफुले भारतमा नभएर नेपालमा नै जनगणना गराएको प्रष्ट पार्नुभयो ।

उहाँको स्वास्थ स्थिति बुझ्दै अझ सक्रिय र दीर्घ जिवनको शुभकामना दिदै उहाँको लेखनबाट आफु प्रभावित भएको बताउनुभयो । २०१८ सालको जनगणनाको तथ्य र अनुभव सुन्नुभयो । तत्कालीन डडेल्धुरा जिल्लाअन्तर्गत रहेको हाल दार्चुलाको कालापानी क्षेत्रका सम्बन्धमा उहाँको विश्लेषण र ऐतिहासिक सन्दर्भहरु देशकै लागि लाभदायी रहेको उल्लेख गर्दै विशेष प्रशंसासमेत गर्नुभयो ।

Kamana Sewa

प्रतिकृया