• ५ असोज २०८३, सोमबार
  • ११ः५७ राती

नेपाल मिक्स यू–१९ टिमले एमसीसीविरुद्ध टी–ट्वान्टी खेल्दै

प्रकाशित मिति

२०७६ कार्तिक २३ गते, शनिबार १२:४९

काठमाडौं, मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध नेपाल मिक्स यू–१९ टिमले शनिबार टी–ट्वान्टी क्रिकेट खेल्दैछ । नेपाल भ्रमणमा रहेका एमसीसीसँग यू–१९ र सिनियर गरि नेपालको मिश्रित टोलीले नेपालले टी–ट्वान्टी क्रिकेट खेल्न लागेको हो । खेल काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ११ बजेपछि सुरु हुनेछ । नेपाली टिमको कप्तानी रोहित कुमार पौडेलले गर्ने छन् ।

National Life

पहिलो एकदिवसीय खेलमा एमसीसीसँग नेपाली यू–१९ टिम पराजित भएको थियो । तर, सिनियर क्रिकेट टिमले दोस्रो एक दिवसीय खेलमा एमसीसीलाई हराएको थियो । यसैगरी फस्ट क्लास तीन दिवसीय क्रिकेटमा नेपाल एमसीसीसँग २ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको थियो । टी–ट्वान्टी पछि एमसीसी टिम पोखरा जानेछ । पोखरामा एमसीसीले पोखरा आमन्त्रण–११ र मुख्यमन्त्री–११ सँग दुई टी–ट्वान्टी क्रिकेट खेल्नेछ ।

प्रतिकृया