रुघाखोकीबाट यसरी बचौं
प्रकाशित मिति
२०७६ कार्तिक २१ गते, बिहीबार ०२:५०
चिसो मौसम सुरु भैसकेको छ । विषेश गरि चिसो मौसममा सामान्य रुघाखोकीले सताउने गर्छ । रोग लाग्नु भन्दा रोग लाग्न नदिनु नै उत्तम उयाय हो भने जस्तै सामान्य रुघाखोकीबाट जतिल रोग लाग्न सक्छ । त्यसैले सामान्य रुघाकोकीलाई घरमै यसरी नियन्त्रण गर्न सकिन्छ ।
१) अदुवाको टुक्राको रस २० मि.ली. देखि ३० मि.ली. सम्म दिनमा तीन पटक लिनाले र्सर्दीबाट आराम मिल्छ ।

२) दश ग्राम लसुनलाई १ कप दुधमा उमालेर साँझमा सुत्नेबेलामा वा खाजा खानुभन्दा अघी सेवन गरेमा रुघाबाट आराम मिल्छ ।

३) एक चम्चा प्याजको रस बराबर मात्रामा मह मिसाएर दिनमा तीनपटक खाएमा रुघा लागेकालाई फलदायी हुन्छ ।
४) वेसार र सौंठको धुलोको लेप बनाएर टाउकोमा लगाउँदा आराम मिल्छ ।
५) कालो मरिच डढाएर धुवा सुँघनाले बन्द नाक खुल्छ ।
६) अलिकति अदुवा, अजवाइन, ल्वाङ ५ वटा, कालो मरिच ३ वटा, मेथी १ चम्चा, तुलसी र पुदिनाको पात १० वटा यी सबैलाई मिलाएर दिनमा दुइपटक सेवन गर्नाले आराम मिल्छ ।
७) एक गिलास तातो पानीमा १ चिम्टी नुन, १ चिम्टी खाने सोडा मिसाएर दिनमा दुइपटक र सुत्ने समयमा कुल्ला गर्नाले घाँटीको खसखसबाट आराम मिल्छ ।




प्रतिकृया