• १९ भदौ २०८३, शुक्रबार
  • २ः२२ राती

लागूऔषध सहित चार जना पक्राउ

प्रकाशित मिति

२०७६ कार्तिक २१ गते, बिहीबार ०२:२३

काठमाडौं, काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटीबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थान बस्ने ३१ वर्षिय गोबिन्द परियार लगायत ४ जना रहेका छन् । बुधबार दिउँसो उनीलाई लागूऔषध नुर्फिन ७ एम्पुल, डाईजेपाम १ सय ४ एम्पुल, फेनारगन २४ एम्पुल र लुप्रिजोसिक १४ एम्पुल सहित पक्राउ गरिएको हो ।

उक्त स्थानमा लागूऔषध बिक्री बितरण भइरहेको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया