वीरगन्जमा ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६’सुरु
प्रकाशित मिति
२०७६ कार्तिक २१ गते, बिहीबार ०३:०५
वीरगन्जमा ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६’ विहीबारबाट सुरु भएको छ । नेपाल चलचित्र निर्माता सङ्घको आयोजनामा तराई, पहाड, हिमालको उत्सव ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव–२०७६’ स्लोगनका साथ वीरगन्जको घण्टाघरबाट प्रभात फेरी र्याली गर्दै कार्यक्रम सुरु गरिएको हो ।
उक्त महोत्सब ३ दिन सम्म चल्ने आयोजक संघले जनाएको छ । महोत्सवको उद्घाटन प्रभात फेरीमा कलाकार निर शाह, भुवन केसी, दिपा श्री निरौला, दीपक राज गिरी, निरुता सिंह, झरना थापा, सरोज खनाल, वसुन्धरा भुसाल, भुवन चन्द, वर्षा राउत, नीता ढुङ्गाना, छुल्ठीम गुरुङ लगायत उपस्थित रहेको थियो ।

महोत्सवका मुख्य मुख्य अतिथिको रूपमा बलिउड अभिनेता गोविन्दा रहेका छन् । उनी मङ्ग्लबार नै नेपाल आइसकेका छन् । कार्यक्रममा नेपालका सुपरस्टार राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, करिश्मा मानन्धर, निरुता सिंह, केकी अधिकारी, पल शाह, अनमोल केसी लगायत दर्जनौँ कलाकारहरूको सहभागिता रहने छ ।





प्रतिकृया