• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

उपनिर्वाचनः कास्की २ मा नेकपाकी विद्या भट्टराईको उम्मेदवारी दर्ता

प्रकाशित मिति

२०७६ कार्तिक २१ गते, बिहीबार ०१:३३

पोखरा, मंसिर १४ मा हुने उपनिर्वाचनका लागि कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेकपाको तर्फबाट विद्या भट्टराईले उम्मेद्धारको मनोनयन दर्ता गराउनु भएको छ । विहीबार जिल्ला निर्वाचन कार्यालय कास्की पुगेर उहाँले मनोनयन दर्ता गराउनु भएको हो ।

मनोनयन दर्ता अगाडी नेकपाले बाजागाजासहित ¥याली निकालेर जिल्ला निर्वाचनको कार्यालय पुगेको थियो । उहाँको प्रस्तावकमा कृष्णबहादुर थापा रहनु भएको छ । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्यको पदका लागि कास्की क्षेत्र नं २ मा उपनिर्वाचन हुन लागेको हो ।

Kamana Sewa

प्रतिकृया