• ४ साउन २०८३, सोमबार
  • ७:२२ बेलुका

सुदूरपश्चिम प्रदेशप्रमुख शर्मिला त्रिपाठीद्धारा पदभार ग्रहण

प्रकाशित मिति

२०७६ कार्तिक २१ गते, बिहीबार ०१:११

कैलाली, सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख शर्मिला कुमारी पन्त (त्रिपाठी)ले पदभार ग्रहण गर्नुभएको छ । धनगढीस्थित प्रदेश कार्यालयमा बिहीबार उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

प्रदेश प्रमुख त्रिपाठीलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलगायतले स्वागत गर्नुभएको थियो । पदभार ग्रहण गर्दै उहाँले संविधानको पालना गर्दै सुदूरपश्चिमेली जनताको चाहनाअनुरुप काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Kamana Sewa

नवनियुक्त प्रदेश प्रमुख त्रिपाठीको स्वागतमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, आर्थिक योजना तथा मामिमा मन्त्री झपट बोहरा, भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरालगायतका मन्त्री, उपसभामुख, सांसदहरु, मुख्यसचिव, सुरक्षा निकायका प्रमुख लगायत उपस्थित हुनुभएको थियो ।

Classic Tech Desktop

प्रतिकृया