• १९ भदौ २०८३, शुक्रबार
  • १०ः१३ बिहान

‘हजुर बुवा’को पुस्तक‘कृपा’ र ‘नाति’को गीति एल्बम ‘सुवासमा अधिश्री’ एक साथ बिमोचन

प्रकाशित मिति

२०७६ कार्तिक १६ गते, शनिबार ११:२०

भक्तपुर, भक्तपुरको थिमिमा एक कार्यक्रममा शिक्षा सेवी बाबुकाजि कसपाल र अधिश्री कसपालको कृति बिमोचन भएको छ । बाबुकाजि र अधिश्री नाताले हजुर बुवा र नाति हुनुहुन्छ । शुक्रबारको कार्यक्रममका प्रमुख अतिथि बरिष्ठ साहित्यकार, संस्कृतविद तथा चलचित्रकर्मी चेतन कार्कीले बाबुकाजि कसपालका जीवनमा आधारित पुस्तक ‘कृपा’ र अधिश्री कसपालका गीति एल्बम ‘सुवासमा अधिश्री’ बिमोचन गर्नुभएको हो ।

कार्यक्रमका सभापति अर्थ, पर्यटन र राष्ट्रिय योजना अयोगका पुर्व सचिव तथा नेपाल प्रशानिक प्रक्षिण प्रतिष्ठानका संस्थापक कार्यकारी निर्देशक गोरक्ष बहादुर न्हूछें र बरिष्ठ साहित्यकार चेतन कार्कीले शिक्षासेवी बाबुकाजि र बालगायक अधिश्री कसपाललाई बधाई तथा शुभकामना दिनुभयो ।

Kamana Sewa

जिवनका भोगाइ र आरोह अवरोहलाई सरलरुपमा व्याख्या तथा विश्लेषण गरि पठनिय र अध्ययनमुलक ,प्रेरणादायी बनाउने प्रयत्नका साथ शिक्षासेवी बाबुकाजिले लेख्नुभएको पुस्तक ‘कृपा’ साच्चै नै उपयोगीहुने बिश्वास गर्न सकिन्छ ।

Classic Tech Desktop

वरिष्ठ गितकार शुभाष चन्द्र ढुङेलले रचना गर्नु भएको गितहरुमा आधारित अधिश्रीको गीति एल्बममा समेटिएका गितहरुको शब्द संयोजन मन छुने खालका छ्न । अधिश्रीको कर्णप्रीय स्वर र गित गाउने शैली तथा प्रस्तुती हेर्दा मान्छेको भावनालाई आत्मसात गर्दै भविष्यमा लोकप्रिय गायक बन्ने कुरामा पुर्णरुपमा आशाबादी हुन सकिन्छ।

प्रतिकृया