• १८ भदौ २०८३, बिहीबार
  • ६ः११ बेलुका

अध्यक्ष दाहालद्धारा गिनिज बुक रेडर्कको प्रमाणपत्र दिनेशलाई हस्तान्तरण

प्रकाशित मिति

२०७६ कार्तिक १५ गते, शुक्रबार १२:३९

काठमाडौं, नेपालका चर्चित पार्कर खेलाडी दिनेश सुनारले तेस्रोपटक पार्कर विधामा किर्तिमान कायम गर्दै प्राप्त गरेको गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट हस्तान्तरण गरिएको छ । बिहिबार राजधानीमा आयोजित कार्यक्रममा दाहालले सुनारलाई प्रमाणपत्र प्रदान गर्नु भएको हो ।

कार्यक्रमद्धारा सुनार विश्वकै चर्चित कार्यक्रम ‘अमेरिकाज गट ट्यालेन्ट’ मा सहभागी हुने जानकारी गराइएको छ । कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डले सुनारको खुलेर प्रशंशा गर्नुभयो। उहाँले देशको प्रतिष्ठा राख्ने युवाहरुलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका पूर्व आइजीपी सनत बस्नेतलगायतको सहभागिता थियो ।

Kamana Sewa

प्रतिकृया