पेस्तोलसहित तरुण दलका नेपालगञ्ज नगर अध्यक्ष पक्राउ
प्रकाशित मिति
२०७६ कार्तिक १५ गते, शुक्रबार ०१:०२
नेपालगञ्ज, नेपाली कांग्रेस निकटको युवा संगठन नेपाल तरुण दलका नेपालगञ्ज नगर अध्यक्ष सन्दीपजंग शाह लोड गरिएको पेस्तोलसहित पक्राउ परेका छन् ।
निजी सवारीको सिटमुनी लुकाइ रहेको अवस्थामा दुई वटा गोली लोड गरिएको अमेरिकन पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।
शंकास्पद गतिविधिदेखिएपछि शाहीमाथि चेकजाँच गरिएको प्रहरीले जनाएको छ । बाँकेको सुर्खेतरोडस्थित एक रिसोर्टमा बसेको समूहको गतिविधि शंकास्पद देखिएपछि इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेम शाहीको टोलीले चेकजाँच गरेको थियो ।

प्रहरीका अनुसार एउटा ठेक्का हात पार्ने विषयमा योजना बनाउन उनीहरु रिसोर्टमा बसेका थिए । अध्यक्ष शाह राजनीतिक आडमा विभिन्न ठेक्का पट्टा हात पार्न सक्रिय हुने गरेका प्रहरीले जनाएको छ । थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया