• ३१ भदौ २०८३, बुधबार
  • ८ः०८ राती

ओखलढुंगामा ‘पोकली झरना महोत्सव’ हुने

प्रकाशित मिति

२०७६ कार्तिक १५ गते, शुक्रबार १०:५९

काठमाडौँ, ओखलढुंगाको पोकली झरनास्थलमा महोत्सव आयोजना हुने भएको छ। पोकली झरना सेवा समाजले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पोकली झरनाको सौन्दर्य र महत्वलाई विश्वभर पुर्‍याउने उद्देश्यका साथ आगामी कात्तिक १६ र १७ गते ‘पोखली झरना महोत्सव’ आयोजना गर्न लागिएको जानकारी गराएको हो।

National Life

पोकली झरना सेवा समाजका अध्यक्ष मिलन विष्टले ओखलढुंगा स्थित नेपालकै दोस्रो उचाइमा रहेको पर्यटकीय स्थल पोकली झरनालाई नेपाल सरकारले “नेपाल भ्रमणवर्ष २०२०” को लागी १०० गन्तव्य सूचीमा समावेस गरेको जानकारी दिनुभयो । उहाँले पोकली झरना सेवा समाजले यसपूर्व पनि पटक पटक पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरु गएर महोत्सव सम्पन्न भएको बताउनुभयो ।

पोकली भरनाको सौन्दर्यता र महत्वलाई विश्व स्तरमा चिनाउन तथा पर्यटन वर्षलाई केन्द्रित गरि यसको अधिकतम प्रचार प्रसार गर्ने उद्देश्यका साथ पोकली झरना महोत्सव आयोजना गरिएको बताउनुभयो ।  समाजका महासचिव शम्भु बरालले महोत्सवमा इन्दे्रणी सहितको वृहत सांस्कृतिक पोकली झरना ओखलढुंगा महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो ।  सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ का लागि सूचीकृत गरेको सूचीमा नेपालकै दोस्रो उचाइमा रहेको यस झरनालाई पनि समावेश गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

ओखलढुंगाको मात्रै नभएर नेपालकै पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान र्पुयाउने अपेक्षासहित यस झरनास्थलमा महोत्सव आयोजना गर्न लागिएको समाजका महासचिव शम्भु बरालले जानकारी दिनुभयो । बृहत् सांस्कृतिक कार्यक्रमसहित आयोजना हुने महोत्सवमा सो झरनाको सौन्दर्य लिनुका साथै स्थानीय उत्पादनहरूको पनि प्रदर्शनी हुने समाजले जनाएको छ।

प्रतिकृया