• २५ भदौ २०८३, बिहीबार
  • २ः५० दिउँसो

राजनीतिक दलका पक्ष बिपक्षमा लाग्ने विद्यार्थीहरु लोकतन्त्र बिरोधी हुन्

प्रकाशित मिति

२०७६ कार्तिक २ गते, शनिबार १०:१५

रीना भट्ट

National Life

राजनीति मानब जीवनको सबै आयाममा आबस्यक छ । बिश्व भरनै राजनीतिको महत्व धेरै हुन्छ राजनीति बिना मानब जीवनको कल्पना गर्न सकिन्दैन। लोकतान्त्रिक ब्यबस्थामा हामी सबै नै नेतृत्वको लागि योग्य मानिन्छौ।
आज बिश्व विद्यालयमा अध्ययन गरिरहेका सबै विद्यार्थीहरुमा आफ्नो भूमि अर्थात् देशको लागि केही गरौ भन्ने भावना हुनै पर्छ ।आफ्नो जीवनको यो चरणमा सम्पूर्ण नेपाली विद्यार्थी बर्गले आफ्नो देशको युबालाई यो पार्टी उ पार्टी नभनेर कृपया देशको मुख्य मुद्दाको पक्षमा लागौ । कुनै एउटा बिचारधारा र पार्टीको पक्षमा लाग्नु भनेको लोकतन्त्रलाई नष्ट गर्नु हो। किनभने कसैको पक्षमा लाग्नु भनेकै जाति धर्म र भाषाको पक्षमा लाग्नु जस्तै हो तसर्थ यो लोकतन्त्र होइन।

बिश्व विद्यालयको विद्यार्थीले कहिल्यै पनि पक्ष बिपक्षको बहसमा समय खेर फालनु हुन्न। त्यो पार्टीको यो पार्टीको भनेर बहस गर्नु नै सामन्ती समाजको निर्माण गर्नु हो। तसर्थ सबै नेपाली युवा विद्यार्थीहरुलाई यो भन्न चाहन्छु कि तपाईहरू अहिले नै राजनीतिको पक्षमा वा बिपक्षमा लाग्ने होइन बरु राष्ट्रिय मुद्दामा बहस गरौ र उचित हल दिने कोसिस गरौ। जसले त्यो मुद्दाको समाधान गर्छ उसलाई भोट दिनलाई जनता संग आव्हान गरौ। कुनै पनि पार्टीको पक्ष लिएर कृपया लोकतन्त्रलाई नष्ट नगरौ। जब विद्यार्थीको रुपमा युवाको प्रबेश हुन्छ त्यहाँ विद्यार्थीहरुलाई राजनीतिक बिषयमा जानकारी बिषयगत अध्ययन तथा कलेजको राजनीतिक माहोलबाट प्रारम्भ हुन्छ। यस्तो अबस्थामामा कुनै पनि युवा जब विश्वविद्यालय प्रबेश गर्न थाल्छ तब मात्र ऊ देशको राजनीतिमा चासो राख्न सुरु गर्दछ ।त्यहाँ उसको बिरोध समाज र घरपरिवारबाटै सुरु हुन थाल्छ र उसको ब्यक्तीत्वको चित्रण एक बेकारको काम नलाग्ने मान्छेको रुपमा समाजमा कायम हुन्छ र उसलाई ‘नेता’ भन्दै नराम्रो भावले हेर्ने कामको सुरूवात हुन थाल्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कुनै पनि राज्य संचालनको लागि नितीको निर्माण गर्नु नै राजनीति हो र त्यो नितीको निर्माण गर्ने ब्यक्ती नै राजनेता हो। निती बिना राष्ट्रको निर्माण हूदैन तसर्थ राजनीति संसार भरि नै आवश्यक हुन्छ । यस्तो आबस्यक शब्दलाई दुर्भाग्यले आज यो देशमा नराम्रो अर्थमा परिभाषित गरेको छ। यदि हामी राजनीति द्वारा जनताको हितको भन्दा अहितको लागि काम गरेका छौ भने त्यो नीष्चित रूपमा नराम्रो काम हो र त्यस्तो कामलाई हामीले छोड्नु जरुरी हुन्छ तर नीति निर्माण गरेर देशको निर्माण राजनीतिले गर्छ भने त्यो बिषयमा रूचि लिएर जानकारी लिनु प्रत्येक नागरिकको काम हो।

हरेक युवाले कस्तो निती निर्माण भै रहेको छ भन्ने जानकारी र चासो राख्नै पर्छ। तर यो बिषयमा चासो नराखेर खाली दलको पक्ष बिपक्षमा बहस गर्दै गैर जिम्मेवार भैरहेको युवा आज हाम्रो देशमा देखिदैछ।जसले भोट दिन समेत अल्छी गरेको समेत देखिएको छ। हामीले राजनीतिको मतलब भ्रष्टाचार गर्नु एक अर्काको निन्दा गर्नु भन्ने सोच्दैछौ तर होइन राजनीति भनेको नीति बनाउन सिकनु हो। त्यस्तो नीति जो सबैको हितमा होस् जसले सबैको भलो गरोस। तसर्थ राजनीति संसारको सबैभन्दा महत्वपूर्ण र गौरबपूर्ण काम हो। युवाले झनै यो बिषयमा चनाखो हुनुपर्ने अबस्था आइसकेको छ।

अबको संसारमा युवा नेतृत्वको माग ब्यापक भैरहेको छ। युवाले कहिल्यै पनि Research नगरेर राय दिनु हुँदैन। जुन बिषयमा पनि गहिरिए आफ्नो बिचार् दिनु नै भविष्यको युवा राजनेताको काम हो। लोकतान्त्रिक ब्यबस्थालाई आजको युवाले सामन्ती प्रथामा बदल्ने काम गर्नु भनेकै कुनै पनि राजनिती पार्टीको पक्ष बिपक्षमा लागेर काम गर्नु हो। जब कुनै पनि युवा नयाँ ढङ्गले प्रस्तुत हुन्छ र नयाँ कुरा सोचेर कसैको पक्ष बिपक्षमा लाग्दैन तब मात्र लोकतन्त्र सफल हुन्छ होइन भने लोकतन्त्रमा हत्या हिंसा र द्वन्द्व सधै रहिनै रहन्छ तसर्थ सच्चा लोकतान्त्रिक ब्यबस्थाको निर्माण सिर्फ हाम्रो युवा विद्यार्थीहरुले मात्र गर्न सक्छन् ।

(लेखिका पाटन संयुक्त क्याम्पसमा राजनीति शास्त्र अध्यापन गराउनु हुन्छ ।)

प्रतिकृया