• १७ भदौ २०८३, बुधबार
  • ५ः५५ बेलुका

भुइँकटहर खानुको फाईदा

प्रकाशित मिति

२०७६ कार्तिक १ गते, शुक्रबार ०३:५०

भुइँकटर खानु स्वाद मात्र होइन् स्वास्थ्यको हिसाबले पनि निकै फाइदाजनक फल हो । यसमा भिटामिन ए ,सि ,ब्रोमिलेन, प्रोटिन, कार्बोहाइड्रेट, चिनी र फाइबर प्रशस्त मात्रामा पाइन्छ । त्यस्तै यसमा पोटासियम, कपर, म्यागनिज, क्याल्सियम, सोडियम र म्याग्नेसियम जस्ता खनिज तत्वहरु पनि पाइन्छ । भुइँकटर खानुको फाइदा यस्तो रहेको छ ।

Kamana Sewa

१, क्यान्सरबाट बचाउँछ
भुइँकटहरमा ब्रोमेलेन नामक तत्व हुन्छ, जसले शरीरलाई क्यान्सरबाट बचाउन सहयोग गर्दछ । भुइँकटरहरमा क्यान्सर प्रतिरोधी गुण हुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

Classic Tech Desktop

२, हड्डी बलियो

भुइँकटहरमा पर्याप्त मात्रामा म्याग्नेसियम, क्याल्सियम जस्ता लवण पाइन्छ जसले हड्डीलाई मजबुत राख्नमा मद्दत गर्दछ । ब्रोमेलेन यौगिकले हड्डीमा हुने विभिन्न खाले समस्याबाट बचाउँछ ।

३,मधुमेह रोगलाई लाभदायक

भुइँकटहरमा कम मात्रामा क्यालोरी हुन्छ र यसमा चिनीको मात्रा पनि कम हुन्छ । तसर्थ यसको सेवनले जिउमा चिनीको मात्रा बढाउँदैन । मधुमेहका रोगीले पनि भुइँकटहरको सेवन गर्नु फाइदाजनक हुन्छ ।

४, हृदयरोगमा राहत

मुटु सम्बन्धि विभिन्न रोगबाट ग्रसित मानिसहरुका लागि भुइँकटहरको सेवन लाभदायक हुन्छ । भुइँकटहरमा हुने तत्वले रगतमा हानिकारक एलडीएल कोलेस्ट्रोल कम गर्न सहयोग गर्छ । यसबाट उच्च रक्तचाप तथा मुटुरोगको जोखिम कम हुनुका साथै रोगीलाई समेत फाइदा हुन्छ ।

५, पाचन क्रियाको सन्तुलन

भुइँकटहरमा पर्याप्त मात्रामा फाइबर हुन्छ जसले पाचन क्रियालाई सहज बनाउँछ र खानेकुरा सजिलो सँग पचाउँछ । साथै यसले अनावश्यक अम्ललाई निस्कासन गर्न र ग्यास्ट्राइटिसको समस्या पनि कम गर्छ । यसले भोक कम गर्ने हुँदा मोटोपना घटाउन समेत सहयोग गर्छ ।

६, अनुहारको चमक

भुइँकटहरमा एन्टी अक्सिडेन्ट तत्व हुन्छ जसले बुढ्यौलीका लक्षणहरुलाई कम गर्ने, शरीरका कोषहरुको क्षयिकरण रोक्ने, अनुहारका दाग धब्बा तथा चाउरीपना कम गर्न सहयोग गर्छ । यसमा हुने भिटामिन सी ले कोलाजेन फाइबर बनाउन सहयोग गर्छ, जसले मांसपेशी र छालालाई स्वस्थ राख्दछ । यसमा हुने प्रोटिनले छालालाई चम्किलो बनाउँछ ।

७, रोग प्रतिरोधी क्षमता बढाउन

भुइँकटहरमा एन्टी फ्लेमेटरी, एन्टिअक्सिडेन्ट तत्व हुनुका साथै पर्याप्त फाइबर समेत हुन्छ । भुइँकटरहमा हुने भिटामिन सी जस्ता तत्वहरुले शरीरको रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्न सहयोग गर्छ ।

प्रतिकृया