• १८ भदौ २०८३, बिहीबार
  • ७ः४० बेलुका

राष्ट्रपती भण्डारीद्धारा नेपाल भ्रमणमा आउन म्यानमारका नेपालीलाई आग्रह

प्रकाशित मिति

२०७६ कार्तिक १ गते, शुक्रबार ०४:३८

म्यानमारको राजकीय भ्रमणका क्रममा राजधानी नेपितबाट पिनुइलिन पुग्नु भएका राष्ट्रपती बिद्यादेवी भण्डारीले शुक्रबार यहाँ स्थित नेपाली समुदायलाई सम्बोधन गर्नु भएको छ ।

Kamana Sewa

म्यानमार गोर्खा धार्मिक एसोसिएसनले राष्ट्रपतिको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा बोल्दै उहाँले आफ्ना पुर्वज जस्तै मेहनती लगनशील उद्धमी भएर नेपाल र नेपालीको इज्जत राख्दै म्यानमारको विकासमा सहयोगी बन्न म्यानमारका नेपालीलाई आग्रह गर्नु भयो । उहाले भ्रमण वर्ष २०२० मा आफ्ना पुर्खाको भूमी नेपाललाई सम्झेर नेपाल भ्रमणमा आउन यहाँका नेपाली समुदायलाई आग्रह गर्नुभयो ।

Classic Tech Desktop

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीका साथ गृहमन्त्री रामबहादुर थापा, राष्ट्रपतिका कार्यालय तथा परराष्ट्र मन्त्रालयका उच्चस्तरीय अधिकारीहरु रहेका छन् । राष्ट्रपति भण्डारी कात्तिक ६ गते बुधबार स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

 

प्रतिकृया