• ३ असोज २०८३, शनिबार
  • ३ः४५ दिउँसो

लियोनल मेस्सी छैटौं पटक युरोपियन ‘गोल्डन शु’ जित्न सफल

प्रकाशित मिति

२०७६ आश्विन ३० गते, बिहीबार १०:५१

काठमाडौं, अर्जेन्टाईनी खेलाडी लियोनल मेस्सीले छैटौं पटक युरोपियन ‘गोल्डन शु’ जित्न सफल भएका छन् । मेस्सीले गत सिजनको ला लिगा फुटबलमा ३६ गोल गर्दै यो अवार्ड जितेका हुन् ।

National Life

सिजनभर ३३ गोल गरेका फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका स्ट्राइकर किलियन एम्बाप्पेलाई ३ गोलले पछि पार्दै मेस्सीले अवार्ड उचालेका हुन् । मेस्सी लगातार तेस्रो सिजन गोल्डेन शु जित्ने पहिलो खेलाडी समेत बनेका छन् ।

यस्तै मेस्सी ६ पटक गोल्डन शु जित्ने पहिलो खेलाडी बनेका छन् । उनीभन्दा पछि पोर्चुगलका खेलाडी क्रिश्चियानो रोनाल्डोले चार पटक यो अवार्ड जितेका छन् । युरोपियन लिगहरुमा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन शु दिने चलन रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया