• ४ साउन २०८३, सोमबार
  • ७:५० बेलुका

‘‘वडाध्यक्षले ‘डुम’ भन्दै कुटे, उजूरी गरेपछि मार्ने धम्की आएपछि न्यायकालागि राजधानी आएँ’’

प्रकाशित मिति

२०७६ आश्विन ३० गते, बिहीबार १०:०६

काठमाडौं, रुकुममा जनप्रतिनिधिले अपमान गर्दै कुटेको र न्यायका लागि उजूरी गरेपछि मार्ने धम्की आएपछि एकजना दलित विस्थापित भएका छन् । उनी न्याय माग्न राजधानी आएका छन् । रुकुमको चौरजहारी नगरपालिका–३ का वडाध्यक्ष लालबहादुर बुढाथोकीले गोविन्द विकलाई जातीय गाली गलौज गर्दै कुटपिट गर्दा पनि न्याय नपाएको र उल्टै मार्ने धम्की आएको भन्दै राजधानी आएको बताए ।पीडित गोविन्द विकले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेनल गरी दोषी माथि कडा कारबाहीको माग राखेका छन् । उनले भने, ‘मलाई ‘डुम ड्यांग्रा’भन्दै कुटपिट गरेर उल्टै ज्यान मार्ने धम्की आएपछि न्यायकालागि राजधानीआएको हुँ ।

सामुदायिक वन दर्ता गर्ने विषयमा छलफल गर्न वडा कार्यालयमै बोलाएर वडाध्यक्षले कुटपिट गरेको सुनाए । उनले भने,‘सामुदायिक वन जिल्ला वन कार्यालयमा दर्ता गर्ने विषयमा छलफल चल्दै थियो । मैले पनि समितिमै बस्छु भने पछि ‘डुम ड्यांग्रा’ भन्दै कुटपिट गरे’ । आफूमाथिको अन्याय अरुलाई नपरोस् भनेर दोषीमाथि कारबाही अनिवार्य भएको बताए । उनले भने,‘स्थानीय नेताहरुका सामु वडा कार्यालयभित्रबाट कुट्दै कुट्दै बाहिर ल्याएर जातीय गाली गलौज गरेपछि उजुरी गरेको हुँ ।’ प्रहरीमा उजुरी गरेपछि गाउँमै मिलापत्र गर्न दबाब बढेको र स्थानीय राजनीतिक दलका नेता र दलित अगुवाले समेत गाउँमै मिलापत्र गर्न दबाब दिएको विकले गुनासो पोखे ।

Kamana Sewa

Classic Tech Desktop

सामुदायिक वनलाई जिल्ला वन कार्यालयमा दर्ता गर्ने विषयमा विवाद रहेकाले वन दर्ताकालागि समिति बनाउनु पर्नेमा केही स्थानीयलाई जिल्ला वन कार्यालयले बोलाएर परामर्श गरेको खुलाए । उनले भने,‘यसमा म पनि सहभागी थिएँ ।’
कुटपिट गरेपछि वडाध्यक्ष बुढाथोकीले फोन गरेर धम्कीदिइरहेकाविकको भनाइ छ । प्रहरीमाउजुरी दिएपछि फेरि कुट्ने, मार्नेसम्मको धम्की आइरहेको सुनाए ।गाउँका स्थानीय नेताले प्रहरीको साटो गाउँमै मिलापत्र गरी विवादलाई ढिसमिस गर्न दबाब दिएको खुलाए । तर अरुका अगाडि आफूमाथि जातीय विभेदका साथै कुटपिट भएकाले न्यायकालागि लड्ने विकले दृढता व्यक्त गरे ।

उक्त कार्यक्रममा मुक्ति समाजका महासचिव कृष्ण बहादुर विश्वकर्माले जातीय भेदभाव गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ भन्दै उनले कुटपिट र जातीय विभेद गर्ने वडाध्यक्षलाई कारबाहीको माग गरेका छन् ।

प्रतिकृया