• १ असोज २०८३, बिहीबार
  • १२ः१८ दिउँसो

भोकमरी सूचाङ्कमा नेपाल ७३औँ स्थानमा

प्रकाशित मिति

२०७६ आश्विन ३० गते, बिहीबार ०९:३३

काठमाडौँ, विश्व भोकमरी सूचाङ्कमा नेपाल ७३औँ स्थानमा परेको छ । जबकी अघिल्लो वर्ष ७२औँ स्थानमा थियो । ग्लोबल हङ्गर इन्डेक्सका अनुसार ११७ देश सम्मिलित सूचाङ्कमा नेपाल उक्त सूचीमा परेको हो ।

National Life

उक्त सूचीअनुसार दक्षिण एसियालीमा नेपाल राम्रो स्थितिमा छ । भारत यो सूचीमा १०२ स्थानमा परेको छ । दक्षिण एसियाली मुलुकमा भोकमरीमा नेपालको भन्दा श्रीलङ्काको स्थिति राम्रो छ । जुन सूचाङ्कमा श्रीलङ्का ६६औँ स्थानमा रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सो सूचीमा अफगानिस्तान, पाकिस्तान, बङ्गलादेश, नेपालभन्दा पछाडि परेका छन् । यो सूची अनुसार अफगानिस्तान १०८, पाकिस्तान ९४, बंगलादेश ८८औँ स्थानमा पुगेको छ । भुटान र माल्दिभ्स भने सूचीमा समावेश छैनन् ।

यो सूचीको पहिलो नम्बरमा बेलारुस रहँदा सूचीको अन्तिममा सेन्ट्रल अफ्रिकन रिपब्लिक रहेको छ । यो सूची तयार गर्दा कुपोषित बालबालिकाको सङ्ख्या, बाल मृत्युदर, बच्चाको लम्बाइअनुसार तौल नहुनुलगायतका कुरालाई समेटिन्छ ।

ग्लोबल हङ्गर इन्डेक्समा नेपालले पछिल्लो दुई दशकयता निरन्तर सुधार देखाएको छ । तथ्याङ्क अनुसार सन् २००० मा ३६ दशमलव आठ अङ्क पाएको नेपालले सन् २००५ मा ३१ दशमलव ३ अङ्कमा झारेको थियो । सन् २०१० मा २४ दशमलव ४ अङ्क प्राप्त गरेको नेपालले सन् २०१९ मा आइपुग्दा सुधार गर्दै अङ्क २० दशमलव ८ मा झारिसकेको छ । गोरखापत्र दैनिकबाट साभार

प्रतिकृया