• २४ भदौ २०८३, बुधबार
  • ६ः४५ बिहान

कप्तानी पदबाट राजीनामा दिएको घोषणा पारस खड्का

प्रकाशित मिति

२०७६ आश्विन २८ गते, मंगलवार ०२:४१

काठमाडौं , नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

National Life

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै खड्काले सो कुराको जानकारी दिएका हुन् ।

नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले निलम्बन फुकुवा गरेको भोलि पल्ट नै कप्तान खड्काले राजिनामा दिएका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

सन् २००९ देखि राष्ट्रिय टोलीको कप्तानी सम्हालेका पारसले थुप्रै बाधा–अवरोध र समस्यालाई पार लगाउँदै विश्वमा उदाहरणीय क्रिकेट देशको रुपमा नेपाललाई चिनाए ।

सन् २००९ मा विनोद दासपछि पारसले कप्तानको जिम्मेवारी पाएका थिए ।

२००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए ।

प्रतिकृया