• २३ भदौ २०८३, मंगलबार
  • ३ः१६ राती

साझा पार्टीका संयोजक मिश्र :परोपकारी समाजबाट मात्रै मुलुकलाई सुसंस्कृत बनाउन सकिन्छ’

प्रकाशित मिति

२०७६ आश्विन २७ गते, सोमबार १२:२१

काठमाण्डौं , साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले कल्याणकारी राज्य र परोपकारी समाजबाट मात्रै मुलुकलाई सुसंस्कृत बनाउन सकिन धारणा व्यक्त गरेका छन्।

National Life

नेपालमा राज्य नागरिकप्रति उत्तरदायी हुन आवश्यक रहेको तर्क गर्दै मिश्रले मुलुकमा परोपकारी कार्य गर्न अझ आवश्यक रहेको बताएका छन्।

मिश्रले नै स्थापना गरेको हेल्प नेपाल नेटवर्कको २०औं वार्षिकोत्सवमा उनले नेपालमा कल्याणकारी राज्य व्यवस्थाको अभ्यास थालनी हुन नसकेको बताएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

‘सुसंस्कृत भनिएका देशहरुमा समाज परोपकारी हुन्छ, राज्य कल्याणकारी हुन्छ, तर हाम्रो देशमा चाहिँ ठिक उल्टो छ, यहाँ राज्यका पदाधिकारीहरु र पुलिस प्रशासनका पदाधिकारीहरुले नजिकैको बृद्धाश्रममा फोन गरेर तपाईंकहाँ ठाउँ खाली छ, यहाँ भनेर सोधिरहेका हुन्छन्,’ मिश्रले भने, ‘यहाँ राज्यले गर्नुपर्ने काम व्यक्तिले गरिरहेका छन्।’

संयोजक मिश्रले नेपाल स्रोतसाधन सम्पन्न भएको चर्चा गर्दै मुलुकको राजनीतिलाई सुसंस्कृत बनाउने दायित्व नयाँ पुस्तामा आइसकेको बताए।

‘यो देशका जनता धेरै सहनशील छन्, यो देशमा हामीले शिर उठाएर हेर्न सक्ने व्यक्तिहरु पनि धेरै कम छन्,’ मिश्रले भने, ‘उनीहरुलाई साथमा लिएर सुसंस्कृत राजनीतिमार्फत समृद्ध नेपाल निर्माण गर्नैपर्छ।’

मोफसलका सामाजिक जागरणका लागि काम गरिरहेका धेरै मानिस छाँयामा परेको बताउँदै मिश्रले नेपालमा परोपकारको महत्त्व असाध्यै धेरै रहेको उल्लेख गरेका छन्।

प्रतिकृया