• २३ भदौ २०८३, मंगलबार
  • २ः२७ राती

भक्तपुरमा अवस्थित नवदुर्गा भवानी मन्दिरमा पूजाअर्चना राष्ट्रपतिद्वारा

प्रकाशित मिति

२०७६ आश्विन २७ गते, सोमबार ११:२१

भक्तपुर, राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको अन्तिम दिन हिजो भक्तपुरमा अवस्थित नवदुर्गा भवानी मन्दिरमा पूजाअर्चना र दर्शन गर्नु भएको छ ।

National Life

राष्ट्रपति भण्डारी विशेष सुरक्षाका साथ भक्तपुरमा रहेको नवदुर्गा मन्दिरमा पुगेर पुजा आराधना गर्नु भएको हो ।
हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा मन्दिरमा राष्ट्रप्रमुखले पूजा अर्चना गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।

मन्दिर आइपुगेका राष्ट्रपतिलाई वनमाला गुठीका नाइके इन्द्रबहादुर वनमालाले नवदुर्गा देवगणको प्रसादका रूपमा फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गरेका थिए । नवदुर्गा मन्दिरका मूल पुजारी जुलाल कर्माचार्यले राष्ट्रपति भण्डारीलाई नवदुर्गाको पुजा एवं टीका प्रसाद प्रदान गरी स्वागत गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्रपति भण्डारीद्ले नवदुर्गा भवानीको नाच अवलोकन पनि गर्नु भएको थियो ।त्यस्तै राष्ट्रपति भण्डारीलाई तलेजु मन्दिरका मूलपुजारी नरेन्द्र जोशी तलेजुको टीका तथा प्रसाद प्रदान गरेका थिए ।

राष्ट्रपति भण्डारीले यस वर्ष एक हजार ५ रुपैयाका दर २२ जना देवगणहरुलाई दक्षिणा दिनु भएको थियो।राष्ट्रपति भण्डारीको उपस्थितिमा जिल्ला समन्वय समिति भक्तपुरले १५ लाख र भक्तपुर उद्योग वाणिज्य संघले ५ लाख नवदुर्गा नाच सञ्चालन गर्न अक्षय कोषका लागि चेक हस्तान्तरण गरेका थिए ।

सधैं मन्दिर भित्र गएर पूजाआजा गर्ने परम्परा रहेता पनि राष्ट्रपति भण्डारीको विशेष आग्रहमा यस वर्ष मन्दिर प्रांगणमा नै पूजाआजा गर्ने व्यवस्था मिलाइएको हो ।

प्रतिकृया