• १८ भदौ २०८३, बिहीबार
  • ११ः३३ बिहान

टिकाको चौथो दिन मान्यजनको हातबाट टिका लगाउने क्रम

प्रकाशित मिति

२०७६ आश्विन २४ गते, शुक्रबार १०:४३

काठमाडौं , आज टिकाको चौथो दिन आज पनि आफन्त र मान्यजनको हातबाट टिका लगाउने क्रम जारी छ ।

विजयादशमीको शुभसाइत मंगलबार नै सकिए पनि टीका लगाउन नभ्याइएका आफन्तजनकहाँ कोजाग्रत पूर्णिमाको दिनसम्म टीका, जमरा थाप्न जाने प्रचलन छ ।

Kamana Sewa

Classic Tech Desktop

दशैको टिकामा आफूभन्दा ठूलाबडा, बाबुआमा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदूर्गा भवानीको प्रसादको रुपमा रातो टीका, जमरा तथा प्रसाद थापी यस, ऐश्वर्य तथा दीर्घायु प्राप्त होस् भनी आशिर्वाद लिने गरिन्छ ।

दशैंमा टाढा–टाढाका आफन्तजनहरु पनि समयमा नै सकेसम्म सबै आफन्तहरु कहाँ पुग्ने गर्दछन् । मंगलबारदेखि टाढाका आफन्तसँग टीका थाप्न जान मानिसहरुलाई चटारो नै हुने गरेको छ ।
त्यस्तै, दशैं मनाउन गाउँघर गएकाहरु फर्कन थालेपछि काठमाडौं उपत्यकाको सवारी आवागमन बाक्लिएको छ ।

प्रतिकृया