• १९ भदौ २०८३, शुक्रबार
  • ७ः२३ बिहान

गायक जस्टिन बिबरले गरे पुनर्विवाह

प्रकाशित मिति

२०७६ आश्विन १६ गते, बिहीबार १२:२५

भक्तपुर ,अमेरिकी गायक जस्टिन बिबरले पुनर्विवाह गरेका छन्। साउथ क्यारोलिनाको मोन्टेज पामेन्टो होटलमा पारिवारिक र निकट साथीहरुको उपस्थितिमा उनले पत्नी मोडल हेली बाल्डविनसँग पुनर्विवाह गरेको खवर सार्वजनिक भएको छ ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा पत्नी मोडल बाल्डविनसँगको पुनर्विवाहको फोटो सेयर गरेका छन्। केही समयअघि उनले इन्स्टाग्राममा विवाहपछि आफूले विश्वास र धैर्य गर्न सिकेको उल्लेख गरेका थिए।

Kamana Sewa

Classic Tech Desktop

विवाह समारोहमा मोडेल केन्डल जेनर, क्यामिला मोरोन र जोन स्मिल्स, क्याइली जेनर जाडेन स्मिथ, जस्टिन स्काई र स्कुटर ब्राउनसहित १५४ जना पाहुना उपस्थित भएका थिए।यसअघि उनीहरुले सन् २०१८ मा गोप्य विवाह गरेका थिए।

२५ वर्षीय उनले साथीहरुको साथ र वैवाहिक जीवनका कारण आफूलाई परिवर्तन गरेको दाबी गरेका छन्। सन् २०१७ मा आयोजित उनको ‘परपस’ नामक सांगीतिक वल्र्ड टुरको दौरान उनी ४० देशमा एक सय ५० बढी प्रस्तुति दिएका थिए।

प्रतिकृया