• २१ भदौ २०८३, आइतबार
  • ३ः५४ दिउँसो

अवैध लागूऔषध सहित ७ जना पक्राउ

प्रकाशित मिति

२०७६ आश्विन १२ गते, आईतवार ०४:३८

भक्तपुर, बिभिन्न ठाउबाट लागुुऔषध सहित ७ जनालाई प्रहरीले प्रकाउ गरेको छ ।बाँके, नेपालगंज उपमहानगरपालिका वडा नं १५ स्थित चेकपोष्टमा जाँच गर्ने क्रममा दाङ तुल्सीपुर उपमहानगरपालिका वडा नं ९ बस्ने २४ वर्षीय सन्तोष रेउलेलाई करिब ६ ग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको संयुक्त प्रहरी टोलीलाई शंका लागे प्रस्चात जाँच गर्दा जुत्ताभित्र लुकाई ल्याउँदै गरेको अवस्थामा पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

National Life

त्यस्तै गरी सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं १० बुदबुदेस्थित सडकबाट सोही स्थान बस्ने २३ वर्षीय चेतन शाही र भेरिगँगा नगरपालिका वडा नं ७ बस्ने २३ वर्षीय प्रकाश बुढालाई ३ पुरियामा रहेको ७० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटीएको संयुक्त प्रहरी टोलीले शंका लागि जाँच गर्दा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै वीरेन्द्रनगर नगरपालिका वडा नं १० सितलनगर टोलस्थित सडकबाट सोही स्थान बस्ने २७ वर्षीय हिमाल गौतम र दैलेख नारायण नगरपालिका वडा नं १ बस्ने १९ वर्षीय बिकाश थापालाई ६ पुरियामा रहेको १ सय २० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । शंकास्पद रुपमा बसिरहेको अवस्थामा प्रहरीले जाँच गर्दा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

Classic Tech Desktop

त्यस्तै गरी भक्तपुर चांगुनारायण नगरपालिका वडा नं ८ खरीपाटीबाट दोलखा शैलुङ गाउँपालिका वडा नं २ घर भई हाल भक्तपुर सूर्यविनायक बस्ने २६ वर्षीय शिव थापा मगर सहित ५ जनालाई लागू औषध पोल्याण्ड करिब २ ग्राम र गाँजा करिब ४६ ग्रामसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग खटिपाटीबाट खटीएको प्रहरी टोलीले मोटरसाइकलमा आएका उनीहरूलाई शंका लागी जाँच गर्दा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो भने काठमाडौं महानगरपालिका वडा नं ११ थापाथलीबाट सिरहा लहानका २८ वर्षीय अरुण गौतमलाई लागूऔषध पोल्याण्ड ७५ ग्रामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरी टोलीले बाटोमा हिँडिरहेका उनलाई शंका लागि जाँच गर्दा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिकृया