• ४ साउन २०८३, सोमबार
  • १:२६ बिहान

अर्काको फेसबुक लाइक हेर्न नपाइने

प्रकाशित मिति

२०७६ आश्विन १० गते, शुक्रबार १२:२७

एजेन्सी, अष्ट्रेलियामा शुक्रबारबाट सामाजिक सञ्जाल फेसबुकले प्रयोगकर्ताको पोस्टमा लाइकको संख्या लुकाउने भएकोे छ ।अस्ट्रेलियाका प्रयोगकर्ताले अर्काको पोस्टमा गरिएका लाइकको संख्या वा जनाइएका प्रतिक्रिया हेर्न नपाउने जनाइएको छ ।

प्रयोगकर्तामाझ सामाजिक दबाव घटाउने प्रयासस्वरूप लाइकको संख्या घटाउन चाहेको फेसबुकको भनाइ छ । आफ्ना पोस्टमा चाहिँ गरिएका लाइकको संख्या प्रयोगकर्ताले हेर्न पाउने कम्पनीले जनाएको छ ।

Kamana Sewa

कम्पनीकी प्रवक्ता मिआ गार्लिकले अस्ट्रेलियन एसोशिएटेड प्रेसलाई भनिन्, ‘लाइक वा पोस्टमा जनाइएका प्रतिक्रियाको संख्यामा भन्दा अन्तरक्रिया तथा विषयस्तुको गुणस्तरबारे मान्छेले ध्यान दिऊन् भनेर हामीले संख्याको कुरा हटाउन लागेका हौँ ।’

Classic Tech Desktop

प्रतिकृया