• २४ भदौ २०८३, बुधबार
  • ४ः४४ बेलुका

कृषि बिकास बैंक ह्याक प्रकरण: बिदेशी नागरिक ‘काले’मुख्य योजनाकार

प्रकाशित मिति

२०७६ आश्विन ८ गते, बुधबार ०४:०५

कृषि बिकास बैंक ह्याक प्रकरणमा बिदेशी नागरिक ‘काले’ भन्ने पिटरको मुख्य हात रहेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले बुधबार पत्रकार सम्मेलन गरी घटनाको विस्तृत विवरण सार्वजनिक गरेको हो।

National Life

मुख्य योजनाकार काले लामो समयदेखि भारतको मुम्बइमा बसी नेपालका बैंक तथा बित्तिय सस्थाहरुबाट ५ अर्ब रुपैयाँ भन्दा बढी ह्याक गर्ने योजना बनाएको प्रहरीले जानकारी दिएको छ। ह्याकरले नेपाली एजेन्टलाई १५ देखि ३५ प्रतिशतसम्म कमिशन दिने र बाँकी रकम भारत पठाउने योजनाका साथ मिशनमा लागेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

त्यसका लागि उनले कृषि बिकास बैंक, पानस रेमिट, कैलाश बिकास बैंक र नबिल बैंक लगायतका वित्तिय सस्थालाई टार्गेटमा राखेका थिए र उनी पटक पटक नेपाल आइ यहाका एजेन्टहरुसंग बैठक बसेको अनुसन्धानबाट खुलेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

मंगलबार राती कृषि बिकास बैंक र पानस रेमिटबाट ठूलो रकम निकालिएपछि अनुसन्धानमा खटिएको प्रहरीको टोलीले १२ जनालाई पक्राउ गरेको थियो । उनीहरुले कृषि बिकास बैंकबाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ र पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख रुपैयाँ ह्याक गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा नुवाकोटका लावाङ् तामाङ्ग, रसुवाकी लक्ष्मी लामा, तारकेश्वरका संजय घले, रसुवाकी निर्मला तामाङ्, सोही ठाउँकी निमा तामाङ्, सर्लाहीका पुष्पराज खड्का, लमजुङ्का बिध्यासगर लामिछाने, तनहुका श्रावन कुमार श्रेष्ठ, भक्तपुरका सुनिता श्रेष्ठ, भारत कलकत्ताकाका शुबंकर पन्जा, कैलालीका विजय शाह र चन्द्र बहादुर बुढा रहेका छन्।

प्रतिकृया