• १८ भदौ २०८३, बिहीबार
  • ६ः४४ बेलुका

सिंहदरवारले भक्तपुर खोज्न थालेको छ : सांसद बस्नेत

प्रकाशित मिति

२०७६ आश्विन ६ गते, सोमबार ०८:४७

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी नेकपा का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अब सिंहदरवारलाई भक्तपुरले खोज्ने हैन, सिंहदरवारले भक्तपुर खोज्न थालेको बताउनुभएको छ । सर्वश्री बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सांसद बस्नेतले जग्गा एकिकरणको माध्यमबाट सवैको जग्गा संरक्षण हुने बताउँदै भन्नुभयो, ‘हनुमन्ते नदीको कोरिडोर भक्तपुर नगरपालिकामा निर्माण गर्न नगरपालिकाले नै अवरोध गरेको छ । भक्तपुरका जनताले आफ्नो कारलाई सूर्यविनायक तथा मध्यपुरमा साथीको घरमा रोकेर जाने अवस्था भक्तपुर नगरपालिकाले नगरोस्, जनताको विकास प्रतिको चाहनामा कुठाराघात नहोस् ।’

सांसद बस्नेतले नेमकिपाले आधुनिक प्रविधिलाई लत्याउँदै पुरानो सोच र विचारलाई आत्मसात् गर्दै सामन्ति सोचलाई विकास गर्दै गएको बताउनुभयो । नेमकिपाले भक्तपुरमा इट्टाभट्टालाई संरक्षण तथा ढललाई हनुमन्ते नदीमा मिसाई वातावरणलाई चरम रुपमा प्रदुषित पारेको बताउनुभयो । वातावरण प्रदुषित गर्न सक्ने तर सफा गर्न नसक्ने नेमकिपाले अरुले गरेको अभियानलाई समेत रोक्ने कुचेष्ठा गरेकोमा आक्रोस व्यक्त गर्नुभयो ।

Kamana Sewa

नेमकिपाले भक्तपुरमा जनताको भाग्य र भविष्यसँग जोडिएका कुराहरुलाई खेलवाड गरेको बताउनुभयो । प्रदेशको राजधानी, रंगशाला, स्मार्ट सिटीलगायतका राष्ट्रिय गौरवका कार्यहरु भक्तपुरमा नचाहिने भन्दै एक दुई दर्जन मानिसलाई सडकमा उतारी विरोध गर्ने गरेको बताउनुभयो ।
नेमकिपाले सैद्धान्तिक कुरामा सच्याउन जरुरी रहेको औल्याउँदै सैद्धान्तिक रुपमा परिवर्तन गरे देशभर फैलिएला तर परिवर्तन नगरे अहिलेको ठाउँबाट पनि जनताले लखेट्छन् चेतावनी दिँदै उहाँले नेमकिपाले सामन्तवादको विरोध गरिरहँदा आफुभित्र रहेको सामन्तवादको अन्त्य गर्न जरुरी रहेको औल्याउनुभयो ।

Classic Tech Desktop

नेमकिपाले खसिको टाउको देखाएर सुँगुरको मासु बच्ने जस्तो प्रवृक्तिको अन्त्य गर्नुपर्ने बताउँदै उहाँले पुरानै नेतृत्वले नेमकिपामा हुने गरेकाले अन्य नेता तथा कार्यकर्ता अवसर नपाउने ठोकुवा गर्नुभयो । उहाँले नेमकिपाले संसदमा विकास निर्माण तथा कुनै पनि योजनाको वारेमा छलफल नगर्ने तर जस्तोसुकै राम्रो कानुन बनाए पनि सधै सदनको प्रतिपक्षी भएर मात्र बस्ने गरेको समेत जानकारी गराउनुभयो ।

प्रतिकृया