• २३ भदौ २०८३, मंगलबार
  • १२ः४३ राती

ग्यासको नयाँ मूल्य लागु

प्रकाशित मिति

२०७६ आश्विन ४ गते, शनिबार ०७:४६

काठमाडौ, नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको छ । भारतीय आयल निगम आइओसी ले पठाएको नयाँ मूल्यसूचि अनुसार समायोजन गर्दा यहाँ पनि मूल्य घटेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताउनु भयो । ‘बिहीबार बसेको सञ्चालक समितिको बैठकले प्रतिसिलिन्डर २५ रुपैयाँ घटाउने निर्णय गरेको छ,’ प्रवक्ता गोइतले भन्नुभयो, ‘नयाँ मूल्य गए राति १२ बजेदेखि लागू हुनेछ ।’ हाल खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ७५ रुपैया पर्छ । नयाँ मूल्य अनुसार प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ तोकिएको छ ।

National Life

निगमले हवाई इन्धन अन्तर्राष्ट्रिय उडान तर्फको बिक्री मूल्यमा पनि समान्य घटाएको छ । भ्रमण बर्षलाई टेवा पु¥याउन हवाई इन्धन९अन्तर्राष्ट्रिय० तर्फ प्रतिकिलो लिटर ५० अमेरिकी डलर घटाएको प्रवक्ता गोइतले बताउनु भयो ।

प्रतिकृया