• १८ भदौ २०८३, बिहीबार
  • ५ः५५ बेलुका

अस्पतालमा जीवनयोग प्रयोगशालाको उद्घाटन

प्रकाशित मिति

२०७६ आश्विन १ गते, बुधबार ०५:५१

भक्तपुर, मध्यपुर थिमी नगरपालिका वडा नं. १ लोकन्थलीस्थित विपी नेत्र प्रतिष्ठानद्वारा संचालित चियर्स अस्पताल ९ऋज्भ्भ्च्क् ज्यकउष्तब०ि मा आजबाट जीवनयोग प्रयोगशाला संचालनमा आएको छ ।

अस्पताल निर्माणको परिकल्पनाकार एवं संस्थापक अध्यक्ष प्रा.डा. मदन उपाध्यायले अस्पताल परिषरमा जीवनयोग प्रयोगशाला संचालनको प्रस्ताव गरेपछि संचालनमा आएको प्रयोगशालाको आज जीवन विकास विशेषज्ञ गुरु एल पी भानु शर्माले उद्घाटन गर्नुभयो । अध्यात्म विज्ञान प्रवचन समेतको आयोजना भएको उक्त कार्यक्रममा उहाँले भगवान गौतम बुद्धका महावाणीका साथ अध्यात्म र विज्ञानका जोडिएको बताउनुभयो ।

Kamana Sewa

मनुष्यमा अध्यात्मको अभाव भएमा हिनताबोध जन्मिन्छ र हिनताबोधबाट नै लोभ जन्मिन्छ भन्दै उहाँले भन्नुभयो–“लोभले नै मनुष्य भयग्रस्त हुन्छ त्यसैले जसको जीवनमा लोभ हुँदैन ऊ मात्र संसारमै अद्भुत कर्म गर्ने साहसी व्यक्ति हुन्छ, यो केवल योगाध्यानमय वा आध्यात्मिक जीवनमा मात्रै संभव हुन्छ ।” देशको कानूनले बाहिरी समानता खोज्ने तर अध्यात्मले आन्तरिक समत्वको अनुभूति दिने चर्चा गर्दै उहाँले विज्ञानले बाहिरी सुख सुविधा दिने र अध्यात्मले आन्तरिक खुशी र शान्तिको अनुभूति दिने भनाई राख्नुभयो ।

Classic Tech Desktop

खुशीको विज्ञान नै अध्यात्म हो भन्दै उहाँले अध्यात्म र विज्ञानको संतुलनबाट जीवनमा सुख, शान्ति एवं समृद्धि हासिल हुने भएकाले सबैलाई निरन्तर योगध्यान गर्दै आफ्ना दैनिक कर्म सम्पादन गर्न प्रेरित गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले योगध्यान र बिज्ञानको चर्चा गर्दै भन्नुभयो–“अस्पताल र चिकित्सा विज्ञानले मनुष्यमा देखिने दुई आँखाको उपचार गर्छ तर नदेखिने तेस्रो आँखाको उपचार जीवन विज्ञानले योगध्यानको माध्यमबाट गरिरहेका छ ।”

त्यसअवसरमा सर्वोच्च अदालतका न्यायधिश हरि फुँयालले अध्यात्मको माध्यमबाट मात्र मनुष्य जीवन सन्तुलित हुने बताउनुभयो भने हाँस्य कलाकार जितु नेपालले पनि अस्पताल परिसरमा दैनिक हुने योगध्यानको महत्वकोबारेमा चर्चा गर्नुभयो ।

अस्पतालका अध्यक्ष डा. गौरीशंकरलाल दास, डा. संजीव उपाध्याय लगायतले मानिसले अध्यात्म ज्ञानको अभावमा जीवनलाई चिन्न नसक्दा भौतारिरहेको बताउदै जीवनको वास्तविक पहिचान र महत्वकोबारेमा बुझेपछि मानिसले शान्ति पाउने भनाई राख्नुभयो । जीवन बिज्ञानकी अभियन्ता बिष्णुकुमारी भट्टराईले आजबाट संचालनमा आएको प्रयोगशालामा दैनिक ध्यान, योग र अध्यात्म मार्फत मानविय जीवनलाई परिवर्तन एवं आध्यात्मिक सुख प्रदान गर्ने कार्य गरिने बताउनुभयो ।

प्रतिकृया