• ४ साउन २०८३, सोमबार
  • ८:११ बेलुका

स्रोत नखुलेको १३ लाख रकमसहित एक जना पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र ३० गते, सोमबार ०२:००

काठमाडौं, काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वर चोकबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं डल्लु बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका–५ का २२ वर्षीय उमेश कुमार मगर रहेका छन् ।

उनीसंग स्रोत नखुलेको नगद १३ लाख ९ हजार ७ सय ५ रुपैंया र विभिन्न बैंक तथा वित्तिय संस्थाको ४१ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको चेक सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

Kamana Sewa

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उमेश सवार प्रदेश नम्बर ३–०२–००५ प ६१५२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त नगद र चेक फेला पारी स्कुटर सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया