• ४ साउन २०८३, सोमबार
  • ७:४२ बेलुका

डुंगा पल्टिँदा १३ जनाको मृत्यु, ३१ जना बेपत्ता

प्रकाशित मिति

२०७६ भाद्र ३० गते, सोमबार ०१:०७

एजेन्सी, दक्षिण भारतीय राज्यको आन्ध्रप्रदेशमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन ।आइतबार भारतीय सञ्चार माध्यमका अनुसार आन्ध्रप्रदेशको पूर्वी जिल्ला गोदावरीमा उक्त दुर्घटनामा केहीले भने पौडेर ज्यान जोगाएका थिए । डुंगामा ५० पर्यटक र ११ कर्मचारी सवार थिए ।

दुर्घटनास्थल अमरावतीबाट करिब २ सय किमि टाढा रहेको देवीपटनम मण्डलको कच्चुलुरु गाउँमा भएको हो । विगत केही दिनयता गोदावरीमा बढेको पानीको सतहका कारण दुर्घटना भएको अनुमान गरिएको छ । घटनालगत्तै राष्ट्रिय विपद् व्यवस्थापन टोलीका सदस्यहरू उद्धारमा खटिएका थिए ।

Kamana Sewa

प्रतिकृया