• २९ भदौ २०८३, सोमबार
  • ९ः०० राती

नगरपालिकालाई पाँच रुपैयाँ

प्रकाशित मिति

२०७६ भाद्र ३० गते, सोमबार ०७:००

राष्ट्रिय बाल दिवस मनाउन सप्तरीको राजविराजमा भेला भएका बालबालिकाका प्रमुख र उपप्रमुखलाई पाँच रुपैयाँ सहयोग गरेका छन् । बाल दिवस मनाउने आश्वासन दिएको नगरपालिकाले कुनै कार्यक्रम नगरेपछि भेला भएका बालबालिकाहरुले बाल दिवस मनाउन व्यङ्यात्मक शैलीमा पाँच रुपैयाँ प्रदान गरेका हुन् ।

National Life

जिल्ला बाल सञ्जाल, नगर स्तरीय बाल सञ्जाल तथा बाल अधिकारका लागि राष्ट्रिय अभियान नेपालको नेतृत्वमा स्थानीय महादेव मन्दिरको प्रांगणबाट निकालिएको र्याली चर्को नाराबाजी गर्दै नगरपालिका पुगेर प्रमुख शम्भुप्रसाद यादव र उपप्रमुख साधना झालाई ज्ञापनपत्रससहित पाँच रुपैयाँ दिएको जिल्ला बाल सञ्जालका अध्यक्ष बरदान श्रेष्ठले बताए ।
(मनोहर पोखरेल)
अन्नपूर्ण पोस्ट् दैनिकबाट साभार

प्रतिकृया