शुभकामना साकोसको १९औं साधारण सभा सम्पन्न
प्रकाशित मिति
२०७६ भाद्र २९ गते, आईतवार ०२:२८
भक्तपुर, शुभकामना बचत तथा ऋण सहकारीको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साहित्यकार तथा संस्कृतिविद् तेजेश्वरबाबु ग्वँगको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको हो ।
संस्थाको हाल ८ करोड २७ लाख ३९ हजार ५०० शेयर पूँजी रहेको छ भने कुल सम्पति १० करोड १० लाख लाख ३७ हजार ४४५ रुपैयाँ ११ पैसा रहेको छ र ७५ जना स्थानीयको प्रति व्यक्ति रु १० हजार शेयर पूँजीबाट वि.सं.२०५८ जेठ २४ गतेबाट शुरु भएको यस संस्थामा हाल ७ हजार ६४५ जना सदस्यहरु रहेका छन् ।

संस्थाका अध्यक्ष न्हुछेकुमार त्वायनाको सभापतित्वमा सम्पन्न उक्त सभामा संस्थाका उपाध्यक्ष रामप्रसाद कासुलाले स्वागत गर्नु भएको थियो । सभाको दोश्रो सत्रमा गत आवको प्रगति विवरण तथा आगामी वर्षको नीति र आर्थिक विवरण तथा अनुमानित बजेट, लेखा परिक्षण प्रतिवेदन र विभिन्न नीति नियम संशोधन गरिएको थियो ।

‘आजको आवश्यकता सुरक्षित लगानी, सुरक्षित लगानीको लागी शुभकामना’ भन्ने मुल नाराका साथ सदस्यहरुको हितलाई सदैव प्राथमिकतामा राखी सहकारीको सर्वव्यापी सिद्धान्त, मुल्य मान्यताको आधारमा सञ्चालित यस संस्थाले २०६५ सालमा जिल्लाकै उत्कृष्ट सहकारीको पुरस्कार हात पारेको थियो ।
त्यसैगरी नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) बाट प्रदेश नं. ३ को उत्कृट सहकारी संस्थाको रुपमा समेत सम्मानित भइसकेको छ । त्यस्तै २०७०, ७१ र ७२ सालमा गरी लगातार ३ पटक राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित प्रभातभेरी कार्यक्रममा उत्कृष्ट सहभागीको सम्मान प्राप्त गरेको छ ।
संस्थाले एशियाली ऋण महासंघबाट एक्सेस सिल्वर ब्राण्ड २०१६ प्राप्त गर्न सफल भएको छ भने पुनः एक्सेस सिल्भर ब्राण्ड २०१७ प्राप्त गर्न सफल भएको छ ।




प्रतिकृया