• ३० भदौ २०८३, मंगलबार
  • ६ः२७ बेलुका

अपहरणमा परेकी पोखराकी गुरुङको उद्धारः अपहरणकारी पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र २८ गते, शनिबार ०७:५४

काठमाडौंः बिहीबार काठमाडौंबाट अपहरणमा परेकी पोखराकी एल्ली गुरुङलाई प्रहरीले सकुशल उद्धार गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट पोखराकी गुरुङलाई सकुशल उद्धार गरिएको हो । अपहरण गरी दुई लाख ५० हजार रुपैयाँ फिरौती रकम माग गर्ने चार जनालाई राति नै पक्राउ गर्न सफल भएको नेपाल प्रहरीले जनाएको छ ।

National Life

पक्राउ पर्नेमा नुवाकोटका मिलन राई, काभ्रेका विनेश पहरी, सिन्धुपाल्चोकका दिनेश लामा र काठमाडौंका सुशील उप्रेती छन् । उनीहरुले गुरुङलाई अपहरण गरी हङ्गेरी फुडल्याण्ड एण्ड क्याफेमा पुर्‍याएर फिरौती मागेका थिए । अपहरणको सूचना पाउनेबित्तिकै महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले पक्राउ गरेको र घटनाको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिकृया