• १९ भदौ २०८३, शुक्रबार
  • ९ः५२ राती

निर्माण व्यवसायीलाई अपहरण गरेको अभियोगमा ४ जना पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र २६ गते, बिहीबार ०२:२८

कास्की, पोखरा महानगरपालिका–६ लेकसाईड बस्ने निर्माण व्यवसायीलाई अपहरण गरेको अभियोगमा पोखरा महानगरपालिका–९ शान्तिवनबाट ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका–१५ बस्ने ४२ वर्षीय गौतम थापा, सोही महानगरपालिका–२ अर्चलबोट बस्ने ३४ वर्षीय रोहीत सुनार, सोही महानगरपालिका–८ बस्ने ५० वर्षीय बासुदेब पोखरेल र सोही महानगरपालिका–१० बस्ने ५४ वर्षीय प्रेम बहादुर थापा रहेका छन् । उनीहरुले अपहरणमा प्रयोग गरिएका सवारी साधनहरु सहित प्रहरीले पक्राउ गरेको हो ।

Kamana Sewa

निर्माण व्यवसायीलाई सोही महानगरपालिका–९ नयाँबजारबाट केही व्यक्तिहरुले जबरजस्ती गाडीमा हाली मोटरसाइकलले स्कटिङ गर्दै अपहरण गरी लगेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले अपरहणमा परेका व्यवसायीलाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको र हाल स्वास्थ्य अवस्था सामान्य रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया