• ४ साउन २०८३, सोमबार
  • ७:१७ बेलुका

एक थान पेस्तोल सहित एक जना पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र २५ गते, बुधबार ०३:११

सिराहा, बिष्णुपुर गाउँपालिका–४ थलाहाकट्टा बस्ने ३० वर्षीय कृष्ण यादवलाई सिक्सर पेस्तोल १ थान सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

निज यादवले पेस्तोल देखाई घरपरिवारलाई धाकधम्की दिई घरमा तोडफोड गरी भाग्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिराहा, ईलाका प्रहरी कार्यालय विष्णुपुर र प्रहरी चौकी बेल्हाबाट खटिएको संयुक्त टोलीले यादवलाई पेस्तोल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Kamana Sewa

प्रतिकृया