• १८ भदौ २०८३, बिहीबार
  • ६ः४४ बेलुका

नागरिकको चेतना उच्च हुँदै गएकाले आधुनिक प्रविधिको खोजमा लागि परेको छौ : सांसद बस्नेत

प्रकाशित मिति

२०७६ भाद्र २५ गते, बुधबार ११:४५

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कृषिमा भक्तपुर उत्कृष्ट रहेको बताउनु भएको छ । भक्तपुरका नागरिकको चेतना तथा चाहना उच्च हुँदै गएकाले आधुनिक प्रविधिको खोज तथा अनुसन्धानमा लागि परेको बताउनुएको छ ।

लामीडाडाँ बहुउदेश्यीय कृषक समुहरतरकारी पकेटले सूर्यविनायक नगरपालिका वडा नं. १, बिरुवामा आयोजनामा सोमवार नेपाल सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत कृषि ज्ञान केन्द्र ललितपुरको सहयोगमा ५० प्रतिशत अनुदानबाट प्राप्त कृषि सामग्रीहरु वितरण कार्यक्रममा बोल्दै सांसद बस्नेतले अबको दिनमा समय र माग अनुसार आधुनिक सूचना तथा प्रविधिको सही तरिकाले प्रयोग गरी त्यसको जवाफ कामबाट दिनुपर्ने बताउनुभयो ।

Kamana Sewa

उहाँले भन्नुभयो, ‘भक्तपुरका नागरिकले साइकल चढ्न पाएपछि मोटरसाइकल चढ्न पाएजस्तो हुन्थ्यो । त्यसपछि क्रमशः गाडिको आवश्यकता भएजस्तै जनताको विकास प्रतिको चाहना पनि सोही अनुसार अघि बढेको छ । प्रविधियुक्त प्रणालीको विकास अघि बढेको छ । जसलाई सही तरिकाले प्रयोग गरी नतिजामूखी, आत्मनिर्भर तथा रोजगारमूलक बनाउनुपर्छ ।’

Classic Tech Desktop

औद्योगिक चेतनाको विकास गर्दै भ्यालु एड गर्नुपर्नेमा जोड दिँदै आफ्नो बारिमा फलेको सुन्तलालाई सस्तो मूल्यमा बेची फेन्टा, सस्तोमा उखु बेची चिनी किनेर परम्पराको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

वर्तमान सरकारले आम नेपालीको प्रगतिको ढोकाहरु खुल्ला गर्दै लगिरहेको बताउँदै सांसद बस्नेतले भौतिक पूर्वाधारको विकासले मात्र देश समृद्ध नहुने बताउँदै जनतालाई आयआर्जन, आत्मनिर्भर बनाउने प्रकारको माध्यमको विकास गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल उर्वर भूमि रहेको भएता पनि जनताको चेतना तथा आधुनिक सूचना÷प्रविधिको प्रयोग नहुँदा ठूलो हिस्सा कृषि पेशामा आवद्ध भए पनि अवस्था भने दयनिय रहेको बताउनुभयो ।

उहाँले समयको माग अनुसार प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘बजारमा एप्पल मोवाइल फोन आयो भनेर घरमा झगडा गर्ने तर घरमा आधुनिक कृषि सामाग्री चाहियो भनेर किन झगडा गर्न नसकेको ?’

जमिनको उपयोग गर्ने कुरा ध्यान दिन जरुरी रहेको बताउँदै उहाँले सरकारले भूमि बैंकको योजना समेत ल्याएको, जसमा बाँझो जग्गा भूमि बैंकमा राखी नगद ल्याई विभिन्न आयमुलक कार्यमा प्रयोग गर्न सकिने योजना समेत अघि सारेको समेत जानकारी गराउनुभयो । सामूहिक कार्य नै कृषिको व्यवस्थित कार्य गर्न सकिने बताउँदै निर्वाहमूखी कार्य भन्दा पनि सामूहिक खेती गर्ने कार्य शुरु गर्नुपर्नेमा जोड दिनुभयो ।

भक्तपुरमा स्मार्ट सिटीको डिपिआर निर्माण भइसकेको जानकारी गराउँदै सांसद बस्नेतले भक्तपुरका सडक, ढल, पुल, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका कार्यहरु तिव्र गतिका साथ अघि बढेकोले जनताको आवश्यकता तथा चाहना अनुसारका विकास हुनेमा ढुक्क हुन आग्रह समेत गर्नुभयो । उहाँले भक्तपुरमा आवश्यक पर्ने सडक सञ्जाललाई जोड्ने कार्यहरु तिव्र गतिका साथ काम भइरहेकाले आगामी तीन चार वर्षभित्रमा भक्तपुरको मुहार फेरिने समेत बताउनुभयो ।

कृषिलाई यात्रिकरण गर्दै औद्योगिकीकरण गर्दै लैजानुपर्ने बताउँदै विज्ञता अहिलेको अपरिहार्य रहेको औंल्याउनुभयो । विज्ञताको उपयोग गरी प्रविधियुक्त कृषि प्रणालीको विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले भारतीय नागरिकले करिव १२ लाखले नेपालमा रोजगारी पाएको जानकारी गराउनुभयो ।

भारतीय नागरिकले नेपालमा आइ रोजगारी गरेर विश्वका कुनै पनि मुलुकबाट भारत रेमिट्यान्स जानेमा नेपाल ६ नम्बरमा रहेको समेत जानकारी गराउनुभयो । उहाँले उक्त १२ लाखको रोजगारी नेपालीले नै गरे लाखौं नागरिकले रोजगारी पाउने मात्र नभई ठूलो मात्रामा आर्थिक फाइदा समेत हुने बताउनुभयो ।

प्रतिकृया