• १७ भदौ २०८३, बुधबार
  • ५ः४९ बेलुका

नगदसहित सुन चोरेर भागेका एक युवक पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र २५ गते, बुधबार १२:४८

सोलुखुम्बु, सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानीमा नगदसहित सुन चोरेर भाग्दै गर्दा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिखुपिके गाउँपालिका–३ का अन्दाजी २७ वर्षीय बिनोद बस्नेत रहेका छन् ।

स्थानीय सावित्री राजभण्डारीको घरभित्र पसेर सुन तथा नगद चोरेर भाग्दै गर्दा प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।बस्नेतले सावित्रीको घरभित्र पसेर सुटकेसमा राखेको एक तोला सुनको सिक्री, एक तोलाको औठी, आधा तोलाको अर्को औठी र कतारी एक रियल चोरेर भागेका थिए । उनको साथबाट लागुऔषध गाँजासमेत बरामद भएको प्रहरीले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया