• ८ असोज २०८३, बिहीबार
  • १ः२० राती

एटीएम ह्याकिङ प्रकरण, सिंगापुरका प्राविधिक टोली फिर्ता

प्रकाशित मिति

२०७६ भाद्र २४ गते, मंगलवार ०६:२४

काठमाडौं, नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले एटीएम ह्याकिङ प्रकरणका विषयमा अध्ययन गर्न आएको सिंगापुरको टोली प्रारम्भिक अनुसन्धान पछी फर्किएको जानकारी दिनु भएको छ । सिंगापुरबाट नेपाल आएको ४ सदस्यीय टोली ४ दिन नेपाल बसाई पछी सोमबार फर्किएका हुन । ‘टोली आएर अध्ययन गरे पनि निश्कर्ष भने केही नदिएको बताइएको छ ।

National Life

नेपालका १८ वटा बैंकहरुले एटीएमका लागि नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड नेप्स को स्वीच प्रयोग गरिरहेका छन् । ती बैंकहरुको एटीएममा समेत आक्रमण भएपछि सिंगापुरबाट टोली झिकाइएको थियो । निरौलाका अनुसार टोलीले सिंगापुरमा केही विषयहरुको प्राविधिक परीक्षण गरेर ३ महिनाभित्रमा प्रतिवेदन दिनेछ ।

‘टोलीले प्रारम्भिक रिपोर्ट त दिएको छ, तर त्यसमा खासै केही छैन’ उनले भने, ‘अननोन एट दिस टाइम लेखेको छ । अब सिंगापुरको हाइटेक ल्याबमा परीक्षण गरेर ३ महिना भित्रमा रिपोर्ट दिनेछ ।’ एटीएम सिस्टम ह्याक गरी चिनियाँ ह्याकरहरुले नेपाली बैंकको साढे ३ करोड रुपैयाँ भन्दा बढी रकम निकालेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया