• ४ साउन २०८३, सोमबार
  • ३:२४ बिहान

डेङ्गु नियन्त्रणको लागि सरकार लागिरहेको छ : स्वास्थ्यमन्त्री यादव

प्रकाशित मिति

२०७६ भाद्र २३ गते, सोमबार ०३:३२

काठमाडौँ, उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डेङ्गु नियन्त्रणको लागि सरकार लागिरहेको बताउनुभएको छ । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २६ औ बार्षिक उत्सव समारोहलाई संवोधन गर्दै मन्त्री यादवले सरकारले डेङ्गु नियन्त्रणको लागी अभियान नै सञ्चालन गरेको बताउनुभयो ।

डेङ्गु नियन्त्रणको लागी सरकारले एक्लैले सम्भव नभएको बताउदै सबै लागेर लार्भा नष्ट गर्न आग्रह गर्नुभयो । यसको नियन्त्रणको लागी सरकारले सर्च एण्ड डिस्ट्रोए अभियानलाई तिव्रता दिएको समेत बताउनुभयो ।

Kamana Sewa

वैशाख ३१ गते धरान १५ का दूइ जनामा देखा परेको डेगोको प्रकोप अहिले पुरै देशभर फैलिएको छ । डेङ्गुको कारण ३ जनाका मृत्यु भइसकेको छ भने १० हजार भन्दा धेरै यसवाट पीडित बनेका छन् । एडिज एजिप्टाई तथा एडिज अल्बो पिक्टस नामक पोथी लामखुट्टेले मानिसलाई टोकेपछी डेंगु रोगको सक्रमण देखा पर्छ ।

Classic Tech Desktop

प्रतिकृया