दशैंमा नयाँ नोटसँगै ‘सुकिला नोट’ पनि वितरण गरिने
प्रकाशित मिति
२०७६ भाद्र १९ गते, बिहीबार ०५:२७

काठमाडौं , नेपाल राष्ट्रा बैंकले अरु वर्ष झै यस वर्षको दशैमा पनि नयाँ नोट छपाउने कार्य सुरु गरेको छ । दशैं आउन एक महिना बाँकी रहेकोले राष्ट्र बैंकले कार्य सुरु गरेको हो । नयाँ नोट छपाउने कार्य सुरु भए पनि कहिले र कति परिमाणमा भन्ने टुंगो लागि सकेको छैन् मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
नयाँ नोटसँगै यस वर्ष ‘सुकिला नोट’ समेत वितरण गर्ने योजना रहेको र पुरानो प्रक्रियाअनुसार नयाँ नोट वितरण गर्ने र त्यसले अपुग भएमा पुराना तर सुकिला नोट दिएर पठाउने जनाएको छ । गत वर्ष राष्ट्र बैंकले दशैंका लागि मात्रै ६२ करोड रुपैयाँभन्दा बढी खर्च गरेर ५, १०, २०, ५० र १०० दरका नयाँ नोट छपाइ गरेको थियो । दशैंका लागि गत वर्ष राष्ट्र बैंकले प्रतिव्यक्ति १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १ सय रुपैयाँका १/१ बण्डल र ५ रुपैयाँको २ वण्डलसम्म वितरण गरेको थियो ।
प्रतिकृया