• 10:05 pm

शीर्ष नेता र उच्च कर्मचारीको सम्पत्ति छानबिन हुनुपर्छ : रवीन्द्र मिश्र

प्रकाशित मिति

२०७६ भाद्र १९ गते, बिहीबार ०४:४१

बुटवल , साझा पार्टी संयोजक रवीन्द्र मिश्रले शीर्ष नेता र उच्च तहका कर्मचारीहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताउनु भएको छ । उहाँले भ्रष्टाचारको जड शीर्ष नेता र उच्च कर्मचारीहरुबाटै हुने गरेको भन्दै सम्पत्ति छानविनको माग गर्नुभएको छ । संयोजक मिश्रले २०४६ सालयता राजनीतिक र प्रशासनिक नेतृत्वमा पुगेका सबैको सम्पत्ति छानविन गर्नुपर्ने बताउनु भएको छ ।

उहाँले राजनीतिक दलका भातृ संगठनहरु पनि भंग गर्नु पर्ने बताउँदै पुराना दलहरुले कर्मचारीलाई दलको छाता नओढी नहुने स्थितिमा पुर्‍याएको उल्लेख गर्दै यसबाट मुक्त नभएसम्म सुशासन र समृद्धि नआउने समेत बताउँदै भन्नुभयो, ‘पुराना दलहरुले हरेक नागरिकलाई स्वतन्त्र रहन नदिई दलको छाता ओढ्नैपर्ने संस्कार सिकाएका छन्, जनताले विकल्प नदेखेर बाध्यतावश दलको छाता ओढेका हुन् । अब स्वतन्त्र भएर सोच्न र निर्णय गर्न सक्नुपर्छ । दलको मायाजालबाट मुक्त हुनुपर्छ ।’पेशागत सुरक्षाको ग्यारेन्टी भए दलको छाता ओढेर हिँड्नु नपर्ने उहाँको भनाई थियो ।

प्रतिकृया