• 10:59 pm

लागु औषध सहित दुई जना पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र १७ गते, मंगलवार ०२:२९

कपिलवस्तु, कपिलबस्तु कृष्णनगर नगरपालिका–२ पिपलबोट स्थितमा भारतबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–१ सेमरामा बस्ने १९ वर्षिय अंकित यादव र जिल्ला पाल्पा तानसेन नगरपालिका – १० तेल्घा घर भई हाल कृष्णनगर नगरपालिका –२ मा बस्ने २३ वर्षिय प्रकाश कुवँर रहेका छन् ।

भारतबाट नेपाल तर्फ पैदल हिडि आईरहेको अवस्थामा उनीहरुलाई शंका लागी चेकजाँच गर्दा NITRAVET-10 लेखिएको २ पत्ता ,SPASMO-PROXYVON PLUS लेखेको ३ पत्ता,(ELDER) Chlorpheniramine Maleate लेखेको (कोरेक्स) १००ML१ सि.सिं. लागु औषध फेला पारेको थियो र खान तलासी बरामदी मुचुल्का गरी दुबैलाई सोही स्थानबाटै पक्राउ गरेको हो । दुबैमाथि थप अनुसन्धान कार्य भइरहेको कपिलवस्तु जिल्ला प्रहरी नायव उपरिक्षक सुनील मल्लले जानकारी दिनुभयो

प्रतिकृया