• ४ साउन २०८३, सोमबार
  • ३:३२ बिहान

तिजको ब्रत संस्कृती देखी ब्यवहारीक तथ्य सम्म

प्रकाशित मिति

२०७६ भाद्र १५ गते, आईतवार ०४:५८

कृष्ण जी खड्का

नेपाली नारीहरुको सबै भन्दा महत्पुर्ण पर्वहरु मध्य तिजलाई विसेष महत्वको साथ हेर्ने गरिन्छ । हरेक बर्ष भाद्र सुक्ल दित्तिया को दिन राती दर खायर तृतियाको दिन केहि नखाई निराहार ब्रत बस्ने दिन बाट आरम्भ र पञ्चमी पुजा पछी तिजको समापन हुन्छ । आ–आफ्नो रिति रिवाज धर्म संस्कृती जे भए पनी प्राय नेपाली महिलाहरुले तिजलाई महा उत्सवको रुपमा हेर्ने गर्छन ।

Kamana Sewa

जति सुकै व्यस्त भए पनी यी दिनमा फुर्सद निकालेर एक आपसमा भेला भई महिला हरुले ब्रत बस्ने नाच गान गर्ने गर्दछन । तिजको ब्रत कहिले बाट प्रारम्भ भयो भन्ने मिति ठ्याक्कै भन्न नसके पनी धार्मिक ग्रन्थलाई आधार मान्ने हो भने पार्वतीले महादेव पती प्राप्त गर्नका लागी नदीको किनारमा बालुवाको सिव लिङ्ग बनाई विधि पुर्वक पुजा अर्चना गरेको दिनलाई स्मरण गरी सत्य युग बाटनै तिजको सुरुवात भएको मान्न सकिन्छ ।

Classic Tech Desktop

नेपालमा मनाईने हरेक चाड पर्वहरु धार्मीक आस्थाका आधरमा मनाईने गरिन्छ । सवै पर्व हरु धर्म संग जोडीएको छन तथापी यसलाई केलायर अन्तरंगमा पुग्ने प्रयास गरियो भने सवै पर्वहरु धर्म संग मात्र सम्वन्धीत नभएर ब्यवहारीक र बैज्ञानीक तथ्य संग जोडीएका छन । खेत रोप्ने सिजनमा प्रचन्ड गर्मीको समयमा सितलता प्रदान गर्नका लागी असार १५ मा दहि चिउरा र आलुको अचार खाने, श्रावण १५ मा झरीको भिजाई लाई मध्यनजर गरि सर्दी कमगर्न खिर खाने, असार, श्रावणको खेतिपातीको समयको थकान, मेहनतका कारण भएको कमजोरीलाई ब्यवस्थापन गर्न जनै पुर्णीमाको दिनमा क्वांटी खाने, चिसो बाट बच्नका लागी माघे संक्रान्तीेमा घिउ चाक्कु खाने लगायतका यि सवै उदाहरणहरु धर्म संग मात्र सम्वन्धीत नभई ब्यवहारीक र बैज्ञानीक तथ्य संग जोडिएका छन ।

पक्कै पनी यि माथिका तथ्य सम्म अध्यन गरी सक्दा सवै पाठक हरुमा तिजको ब्रत धर्म संस्कृती संगै कुन ब्यवहारीक र बैज्ञानी आधार संग जोडीएको छ त ? भनी जिज्ञासा पलाउन सक्छ र स्वाभाविक मानिन्छ । धर्मको गहन अध्यता नभए पनी आयुर्वेद र जडिबुटीमा लामो समय व्यावसायीक रुपमा सामान्य काम गरेको र नेपालमा पाइने केहि जडीबुटीका बारेमा सामान्य जानकारी राख्ने भएको हुनाले तिजको ब्रत र केहि ब्यवहारीक तथ्यलाई उधिन्ने प्रयत्न गरेको छु । सत प्रतिशत पाठकलाई हो भन्ने नलाग्न सक्छ साथै सत प्रतिशत पाठकलाइनै हुदै होइन भन्ने नलाग्न पनी सक्छ । तथापी हाम्रो मौलीक परम्परा, रिति रिवाज, धर्म संस्कृती, खानपान सबैलाई अध्यन गर्दा तिजको ब्रतमा पनी धर्म संस्कृतीका साथै केहि ब्यवहारीक पक्ष र बैज्ञानीक आधार जोडीएको छन भन्ने तथ्य फेला पार्न सकिन्छ ।

समयको विकास क्रम संगै समाज आधुनिकता तर्फ लम्केको छ । गर्भधारण, सुत्केरी हुने समय सबै सम्वन्धीत चिकित्सक संगको राय सल्लाह परामर्समा हुने गर्छ । जुन समयमा तिजको ब्रत थालनी भयो त्यो समयमा यि सबै सुविधा उपलब्ध पक्कै पनी थिएन । त्यस समयमा थालनी भएको यो परम्परा विवाह, गर्भाधान, सुत्केरी हुने समयलाई निर्दिष्ट गरि तयार गरिएको हो भन्ने तथ्यलाई यि कुराहरुले पुष्टी गर्छ ।

महिनावरी सुरु नभएका र उमेरका कारण बन्द भएकाहरुको लागी ब्रत अनिवार्य हुदैन । प्राय तिजको ब्रत बिवाहित महिलाले बस्ने गरेको पाइन्छ । दर खाएको भोलीपल्ट तृतिया तिथिको दिनमा ब्रत बस्ने दिनभर सक्नेहरुले पानी पनी नखाने, बेलुकी पुजा पाठ सकिए पछि फलफुल खाने गरिन्छ । (धर्मशास्त्र र आयुर्वेदमा ब्रत बस्नुलाई धर्मका साथै शरिर सुद्धीकरण हुने प्रकृयाको रुपमा लिइन्छ ) । भोली पल्ट अर्थात चौथीको दिनमा विहानको पुजा कर्म सकेर खाना खाने गरिन्छ । यो बर्ष चौथी पञ्चमी एकै दिन परेको छ । पन्चमीको दिनमा विहानै नदिमा गयर स्नान गर्ने चलन रहेको छ । स्नान गर्ने समयमा दत्तिउनले दांत सफा गर्ने गरिन्छ ।

यसलाई एन्टीसेप्टीकको रुपमा लिइन्छ । आयुर्वेदमा यसलाई विरेचन प्रयोगको लागी उपयुक्त भनी बर्णन गरिएको पाइन्छ । जस्को प्रयोगले सरिरमा जुनसुकै अंगमा भएको पित्त, कफ लगायत विकारहरु बाहिर निकाल्ने कार्य गर्दछ । लहरे खोकीको लागी यो अचुक औषधि भनी बर्णन गरिएको छ । दांतको लागी अति उत्तम औषधिको रुपमा यसलाई प्रयोग गरिन्छ । दत्तिउनले नियमति दांत माझ्ने गरेमा सधै मजवुद हुन्छ साथै स्नानको समयमा माटोले यौनाङ्ग सफा गर्ने चलन रहि आएको छ । दत्तिउन र माटोको प्रयोग सरिर सुद्वीकरणको प्रक्रिया हो । जुन समयमा आधुनीक समयका सावुन, दन्त मञ्जन, सवै खाले प्रसाधनहरु उपलब्ध थिएनन ।

दिउसो पन्चमी पुजा समापन पछी खाना खाने प्रचलन छ खाना खांदा तरकारीमा कर्कलोको प्रयोग अनिवार्य छ । कर्कलो आइरनको राम्रो श्रोत त हो नै साथै मानिस लगायत सवै स्त्री लिङ्गको यौन इच्छा जागृत गर्ने भर पर्दो बनस्पतीको रुपमा आज सम्म पनी कर्कलोलाई मानिदै मात्र होइन प्रयोगमा ल्याई राखीएको छ । अहिले पनी गांउघरमा लामो समयसम्म गर्भाधानको लागी तयार भएन अथवा उसमा यौनेच्छा जागृत भएन भने कर्कलो पकायर खुवाउने चलन छ । त्येही कर्कलो पञ्चमी पुजा पछी किन खाएको भन्दा धेरै लामो व्याख्या गरिरहनु पर्दैन ।

यो ब्रतको प्रारम्भ जुन समयमा सुरु भए पनी जस्ले सुरु गरेको भए पनी गर्भाधान का साथै सुत्केरी हुने समयलाई यती व्यवस्थित ढंगबाट मिलाइएको छ सायद लाग्छ आजका धेरै अध्यन गरेका, धेरै जानेका विसेषज्ञ, ज्ञाता भन्दा ति हाम्रा पुर्वज धेरै अगाडी थिए भन्न संकोच मान्नु पर्ने अवस्था छैन । आजको आधुनीकता त्यसैको परिमार्जीत रुप मात्र हो ।

निराहार ब्रत बसेर आफुमा स्वछन्दता ल्याउनु, स्नानको समयमा सरिरमा भएका विकारहरु फ्याल्नको लागी दत्तिउनको प्रयोग गर्नु (आधुनीक सब्दमा क्युरियोट) अझै नया सब्दहरु पनी आइसकेका छन त्यो समयमा दत्तिउन बाट गरिन्थ्यो जुन आज पनी बर्षमा एक दिन गरिन्छ । सफा गर्नका लागी आज विभिन्न ब्रान्डका स्याम्पो, सावुन जस्ता प्रसाधनहरु प्रयोग गरिन्छ त्यो समयमा माटोको प्रयोग गरियो जुन आज बर्षमा एक दिन निरन्तरता दिइएको छ । आज यौनेच्छा जागृत गर्न वा गर्भाधानको लागी तयार हुन विभिन्न औषधिहरुको सेवन गरिन्छ त्यो समयमा कर्कलो खायर गरियो ।

यत्तिले मात्र तिजको ब्रत गर्भाधान संग सम्वन्धीत छ भनेर पुष्टी हुंदैन । गर्भाधानको एक डेढ महिना पछी आमाको गर्भमा बच्चाले आकार लिदै आउछ तव आमालाई पौष्टीक खाने कुराको आवस्यकता पर्छ । जुन समयमा सधै पौष्टीक खाने कुरा जुटाउन सम्भव थिएन जस्को परिपुर्ती महिना देखी डेढ महिना पछी आउने दसै तिहार जस्ता पौष्टीक खाने कुरा जुटाउने समयले गथ्र्याे । श्रावणको मध्य देखी भाद्रको मध्य सम्म गर्भाधान हुंदा बैसाख मध्य देखी ज्येष्ठ मध्य सम्म नौ महिना पुरा भै बच्चा जन्मने समय हुन्छ ।

नौ महिना आमाको गर्भमा बसेको बच्चा बाहिर निस्कदा चिसो लाग्नु उस्को लागी सबै भन्दा ठुलो समस्या हो । केहि बर्ष अघि सम्म मात्र पनी अधिकांस नवजात सिसुको मृत्यु निमोनिया लगायत चिसोको कारण हुने गर्दथ्यो । जुन समय यो ब्रतको प्रारम्भ भयो त्यो समयमा अहिलेको जस्तो तातो न्यानोको सुविधा सायद नै थियो होला । तेसैले भाद्र सुक्ल पक्ष (ज्योतिष विज्ञान अनुसार कृष्ण पक्ष भन्दा सुक्ल पक्ष सबै सुभ कार्यको लागी राम्रो मानिन्छ) मा गर्भाधान हुने आवस्यक पौष्टीक तत्वको व्यवस्थापन दसै तिहार जस्ता पर्व मार्फत गर्ने र चिसोबाट बच्चामा हुने जोखीम बाट जोगाउन बैसाख मध्य देखी ज्येष्ठ मध्य सम्म बच्चा जन्माउने समय मिलाउनुले तिजको ब्रत धर्म संग संगै व्याबहारीकता र बैज्ञानीक आधार संग जोडिएको छ भन्न सकिन्छ ।

महादेवको पुजा पुरुष प्रति आस्थावान रहनु, ब्रत, स्नानको समयमा प्रयोग हुने माटो साथै बनस्पतीको माध्यमले सरिर सुद्वीकरण गर्नु, अन्तिम पुजा समापन पछीको खानपानमा प्रयोग हुने सामग्रीले समागम अथवा गर्भाधानको लागी तयार रहनुनै यस्को प्रमाण हो । हरितालीका तिजको सबै महिला दिदीबहीनी हरुमा हार्दिक मंगलमय शुभकामना ।

लेखक नेपाल तरुणदल काठमाण्डौका अध्यक्ष हुनुहुन्छ ।

प्रतिकृया