मनोहरा खोलाबाट वालुवा चोरीमा संलग्न फरार गाडी चालक प्रकाउ
प्रकाशित मिति
२०७६ भाद्र १२ गते, बिहीबार ०६:१०
भक्तपुर, बुधबार मध्यपुर थिमि –९ बोडे स्थित मनोहरा खोलाबाट अबैध रुपमा बालुवा चोरी निकासीमा संलग्न रहेका फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानी बस्ने १९ वर्षिय पवन श्रेष्ठ रहेका छन् र आज विहीबार मध्यपुर ठिमी – ७ बहाखा बजार स्थितबाट उनलाई पक्राउ गरिएको हो ।
मनोहरा खोलाबाट अबैध रुपमा बालुवा चोरी निकासी भईरहेको भन्ने सुचनाको आधारमा महानरीय प्रहरी वृत्त ठिमीबाट सादा पोशाकमा प्रहरी खटी गएको बा ३ ख ८८२७ नम्बरको महेन्द्र निसान गाडी प्रयोग गरी गााडीको चालक तथा सह–चालक समेत अन्य ५र७ जना मानिसहरुले वालुवा चोरी रहेको फेला परेका थिए ।

उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई दुव्र्यबहार गरी गाडी त्यही खोलामा छाडी फरार भएका थिए । बालुवा सहितको गााडी प्रहरी वृत्तमा ल्याईएको थियो । अभद्र ब्यहार गरेकोमा म्याद थप गरी अनुसन्धान भईरहेको तथा तस्कारीको बालवा सहितको गाडी आवश्यक करवाहीको लागी मध्यपुर ठिमी नगरपालिका पठाएको र साथै सह–चालक र अन्य ५र७ जनाको पहिचान तथा खोजी कार्य भइरहेको प्रहरी जनाएको छ ।





प्रतिकृया